Skip to content


छलछल छल्क्यो पानी पानी झैँ छल्क्यो जवानी

कम्मरमाथि पटुकी, पटुकीमाथि घैला
घैलामा कुवाको पानी
पानी खाने निहुँ पारी धाउँछन् कति बेइमानी
मै प्यारी हो कि रेशम मेरो जवानी

खोलीको छेउमा तिर्खा यो साह्रै खोई के गरूँ
मायालु मनलाई बुझ्याछु मैले बुझेर के गरूँ
छोएमा तिमीले के होला कुन्नि हेर्दैमा ज्यान जाने

छलछल छल्क्यो पानी पानी झैँ छल्क्यो जवानी

फुकाइदेऊ कि त मोहनी माया कि अँझै कसिदेऊ
आडैमा बस्दा शरिम लाग्छ मनैमा बसिदेऊ
यो पहिलो माया लाएकी मैले नजानी नजानी

शब्द – एकनारायण भण्डारी
स्वर – मेलिना राई
संगीत – वसन्त सापकोटा
चलचित्र – नाइँ नभन्नु ल (३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *