यो भाग्यले कस्तो खेल मानिसको जीवन हेर खेलेको
माया गर्छु भन्नेलाई किन मायाले धेरै पोलेको
वनभरि सत्य किन मुटुभरि सर्किन्छ
आशाहरूको चौतारी किन त्यसै भत्किन्छ
जीवनका ती सपनाहरू आँखैभरि सक्किन्छ
यो भाग्यले कस्तो दिन मानिसको जीवनमा हेर ल्याएको
माया गर्छु भन्नेलाई किन मायाले टाढा पारेको
शब्द, संगीत – दिव्य खालिङ
स्वर – नारायण गोपाल
चलचित्र – भाग्यविधाता
