जानिन कि मैले
ज्यूनै जानिन कि मैले
रुमल्लिए म
अल्मलिए म
कतै हराए म
अनेकौ घुम्ती मोडहरूमा
कतै हराए म कतै बिलाए म
यहाँ जिउने कयौं होडहरूमा
अल्मलिएँ म रुमल्लिएँ म
सास फेरेकै छु तर रित्तो छ रित्तो यो जीवन
जिन्दगी चलेकै छ तर पाइलैपिच्छे छ अडचन
म टेकुँ कहाँ समाऊँ कहाँ
हो, सपना मेरा रंगाऊँ कहाँ
अनेकौं भीर खोचहरूमा
कहालिएँ म अतालिएँ म
यहाँ जिउने कैयौं होडहरूमा
अल्मिलएँ म रुमल्लिएँ म
बाँडिएको छु म साँटिएको छु म
रहरै रहरले थिचिएको छु म
तौलिएको छु म बेचिएको छु म
आशाको भारीले थिचिएको छु म
यहाँ जिउने कैयौं होडहरूमा
अल्मलिएँ म निस्सासिएँ म
शब्द – कालीप्रसाद बाँस्कोटा / सविन एकतारे
स्वर – शिव लामिछाने शि-आवाज
संगीत – कालीप्रसाद बाँस्कोटा
चलचित्र – रेशम फिलिली
