आँखै अघि जल्यो मेरो सपनाको घर
छिनको छिनमै ढल्यो बरै विश्वास र भर
रोकिन्छ कि सास रोकिन्छ कि ढुकढुकी मेरो
जाऊँ कहाँ म अब फर्केर
बग्दैछ आँखाबाट साउन दर्केर

न त घर आफ्नो भयो न त कोही आफ्ना भए
झुक्यायो पापी मायाले पनि
आऊ सँगै बाँचौं भन्थ्यौ म तिम्रै छायाँ हुँ भन्थ्यौ
छक्यायो निर्मोही छायाँले पनि
रोकिन्छ कि सास रोकिन्छ कि ढुकढुकी मेरो
जाऊँ कहाँ म अब फर्केर
बग्दैछ आँखाबाट साउन दर्केर

हेर्छु म चारैतिर आफ्ना भन्ने को नै छ र
शून्य झैं लाग्छ बिरानो यो शहर
किन माया भो सस्तो माया नै भो विष जस्तो
मर्दैछु म यहाँ हरेक प्रहर
रोकिन्छ कि सास रोकिन्छ कि ढुकढुकी मेरो
दुखेँ कति म आफैं बल्झेर
बग्दैछ आँखाबाट साउन दर्केर

शब्द – अभिमन्यु निरवी
स्वर – शिव परियार
संगीत – कालीप्रसाद बाँसकोटा
चलचित्र – श्री ५ अम्बरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *