मायाका बादल छरिएर आज हेर्दा हेर्दै आकाशमा
ती सम्झनाका बादल फेरि आँखाबाट झरेर जालान्
भोलि पानी परेर जालान् साँचेका माया मरेर जालान्
म फर्किन्छु आफ्नै घर सन्ध्याको लागि क्षितिजमा
श्याम र श्वेत उडान तिम्रा डाँडापारिका प्रकाशमा
बाफका माया जमे कुनै दिन ठोकिएर बादल सम्झे कुनै दिन
यी सम्झनाका बादल फेरि आँखाबाट झरेर जालान्
भोलि पानी परेर जालान् साँचेका माया मरेर जालान्
मायाका बादल मोटा मोटा चल्मलाई पहाड चुट्दा भोलि
यी वेदनाका पहाड पनि समयसँगै सरेर जालान् भोलि
शब्द – अनुपम शर्मा, आयुश निरौला
स्वर, संगीत – अनुपम शर्मा
चलचित्र – कबड्डी कबड्डी
