Skip to content

म त अब रिसाउँछु बोल्दै बोल्दिन


म त अब रिसाउँछु बोल्दै बोल्दिन
रुने मान्छेसित दिल खोल्दै खोल्दिन
मुसुक्क हाँसिदेऊ फूल फुले झैं
पानी परेपछिको आकाश खुले झैं

आँखा पुछी फूल पनि मिर्मिरेमा हाँस्छ
रातभरि रुने घाम झिस्मिसेमा हाँस्छ
दुखी बनी आँसु मात्र झार्नु हुँदैन
मनका इच्छा मनैमा मार्नु हुँदैन

अबदेखि ती नजरमा साउन नआए
जूनजस्तो मुहारमा बादल नछाए
ओठभरि मुस्कानको लाली लगाऊ
खुसीयाली बटुली आशा जगाऊ

स्वर – कुमार सानु
संगीत – सम्भुजित बासकोटा
चलचित्र – स्वर्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *