Skip to content


तिमीबिना मेरो आँगन अधुरो अधुरो अधुरै थियो
तिमीबिना मेरो जीवन अपुरो अपुरो अपुरै थियो

डर लाग्छ यो साथ छुट्ने हो कि फेरि
पीर लाग्छ यो हात छुट्ने हो कि फेरि
दैवलाई भाकेकी छु नछुटाइदेऊ भनी
दैवसँग मागेको छु नचुँडाइदेऊ भनी

अधरमा छौ तिमी बोलीबोलीमा छौ
नजरमा छौ तिमी हेराइ-हेराइमा छौ
मेरो सबथोक त्यहीं जहाँ तिम्रो पाइला छ
मेरो घरबार त्यहीं जहाँ तिम्रो मुस्कान छ

स्वर – कुमार सानु, साधना सरगम
संगीत – रनजीत गजमेर
चलचित्र – चट्याङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *