बतासले उडाइल्यायो माया मेरो
फूलमाथि सजाइदियो छायाँ तिम्रो
जिन्दगी उपहार भो ढकमक जोवन फुल्यो
हिमालको चोखो हावा जस्तो तिम्रो माया
संग्लो बगेको पानी जस्तो तिम्रो माया
इन्द्रेणीको रंगसँगै माया तिम्रो मनमा सज्यो
जिन्दगी उपहार भो ढकमक जोवन फुल्यो
ब्यूँझाई रहर मेरो झस्कियो मुटुभरि
कसले सम्झेर आफ्नो बाँधियो बन्धनसरी
मायाको जाल सानो सानो घर सबै मेरो संसार भो
जिन्दगी उपहार भो ढकमक जोवन फुल्यो
स्वर – कुमार कान्छा, आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – चिनो