Skip to content

दियो बाली साँझको


दियो बाली साँझको
फूल सजाई पूजाको
माता लक्ष्मी बसिदेऊ आज
घरसंसार सानो हाम्रो

सरस्वती भई विद्या देऊ
दुर्गा भई रक्षा गरिदेऊ
अशान्तिको कालो रातमा
प्रकाश शान्तिको छरिदेऊ

नासो शरीर चोला मान्छेको
बुझिदैन भेउ जन्ममरणको
जन्मनु परे संसारमा फेरि
सँगै जन्मुँ यही बार देऊ

स्वर – आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – चिनो

Leave a Reply

Your email address will not be published. Required fields are marked *