तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो
सधैं सधैंलाई भुलिगए पाप लाग्ला
माया यो बतासैमा उँडी जाला
मेरो माया बादलुमा लुकी जाला
टिपिहाल मुटुभित्र राखिहाल
हाम्रो यो पिरती कथा होला
कथाको पाना सबै हराइजाला
कोरिहाल मुटुभित्र लेखिहाल
मेरो यो मादल बज्ला कहिलेसम्मलाई
अहिले आज भरे भोलि के भइजाला
सम्झना यो गीत गाऊ भाखा हाली
स्वर – डेनी डेन्जोङ्पा, आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – कोसेली
