Skip to content

गजल

झुकी हेर प्यार हुन्छ

  • by

आँखाको यो नानीभित्रै लुकी हेर प्यार हुन्छ
नजर मिलाई हल्का हाँस्दै झुकी हेर प्यार हुन्छ ।

सम्झनामा जतनगरी एउटा तस्बिर सजाएर
हिँड्दाहिँड्दै एकपल्ट रुकी हेर प्यार हुन्छ ।

अन्तै माया साटेपछि

खै कसरी विश्वास गरुँ ढाँट्नुसम्म ढाँटेपछि
केको आफ्नो हुन्थ्यो अब अन्तै माया साटेपछि

खुसुखुसु फुत्काइदिएँ भएजति कुरा सबै
कस्को के नै लाग्दो रैछ दिमाग नै चाटेपछि

तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो

तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो

गजल

छोराको भोक मार्न ,पानी पकाउँदैछन आमाहरु ।
भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु ।

घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे ।
कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु ।