Skip to content

गजल

विरायौ कि कतै ?

तर्कि तर्कि हिंड्छौ तिमि, विरायौ कि कतै ?
मन पनि खोल्दिनौ नि, विरायौ कि कतै ?

चमक छैन मुहारमा, चाल ढाल पनि सुस्त
नजर पनि लुकाउंछ्यौ नि, डरायौ कि कतै?

चलेका चल्यै छन

  • by

आँधी हुरी उर्ल्या छैन युद्ध पनि चर्क्या छैन
सागरमा ज्वारभाटा चलेका चल्यै छन ।

डम्फु आफ्नो सबले ठोके मेरै डम्फु राम्रो
असन्तोषको आगो सधैं बालेका बाल्यै छन ।

जोरी खोज्ने अरु कोही बाँउठिने अर्कै छ
अभागी निर्दोष जनता ढलेका ढल्यै छन ।

सोधे जति सबले भने चल्या छैन हावा सुको
पातहरु सबै थर्थर हल्लेका हल्ल्यै छन ।

शान्तिखोज्न सोझा जनता उर्लेका उर्ल्यै छन
बुझिसक्नु छैन शहर जलेका जल्यै छन ।

घाम झुल्क्यो सधैं पूर्व सुस्ताउन पश्चिम
हावाहरु पश्चिमेली चलेका चल्यै छन ।