Skip to content

जसको लागि बाँच्थे मर्थें

  • by


जसको लागि बाँच्थे मर्थें उही आज पराई भयो
उसको बाटो पर्खिबस्दा चितामाथि सुताई भयो

उसको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागबत्ती खुवाई भयो

गाँउमा हल्ला फिजाएर बदनाम गराई छाड्यौं
जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो

सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँमाझ
चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो

लिएर दोष बदनामी मैले मात्र जिउनु पर्यो
आज जिउन नसकेर जीवन आगोलाई भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *