Skip to content

तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो


तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो

तिम्रो प्रेम माग हो कि अनुरागको दाग
काँडा रैछ तिम्रो मनमा मुटु दरफरायो

नजर नजरमै नजर बोली मन घोल्थेयौ
खाटा बसेको घाऊ बल्झी फेरि परपरायो

फूल जस्तो सुकोमोल मृगको जस्तो नयन
त्यो नयनमा किन आज आगो भरभरायो

2 thoughts on “तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो”

  1. तिम्रो दिलमा उस्ले आज झन्डा
    तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
    बिना युध्द हार भो मेरो छाती चराचरायो
    ke bhanu ra khooi chadi jane lai ,
    timi haasa bho mai basulaa roi . kasto sahi lekhnu bho ni yo thego yaad aayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *