गजल
“अल बिदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”
जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भै गर्व गर्ने बनाएर गयौ तिमी ।
आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।
कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौ तिमी ।
आज एक्लो भएको छु राष्ट्रकवि विदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।
नेपालीको मन मन्दिरमा सधै भरी बास गर्दै
शब्दमाला अरबौंको लगाएर गयौ तिमी ।
लिला बल्लभ नेपाल, बिराटनगर

छोरो आउने बाटो कुर्ने बुबाका आशै मिठो लाग्छ
चल्न त सुख दुःख जसोतसो चल्छ जिन्दगी
चुट्नसम्म चुट्यो अनि, लुटेर गयो
आफूले आफैँलाई अवसरमा राख्यो
दामी हुन मन छ मलाई नामी हुन मन छ
यो वर्षा र झरी साथै, बादल छ आकाशमा ।
आजकाल कसैको पहिलेझैं, रवाफ रहेन
अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रो नाता टुटे पनि टुटुन्
तिम्रो दिलको गोरेटोमा जाने बाटो खोज्दैछु
राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
तिमी खुकुरी मेरो जीवन हेर अचानो छ