Skip to content

गजल

“अल बिदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”

जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भै गर्व गर्ने बनाएर गयौ तिमी ।

आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।

कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौ तिमी ।

आज एक्लो भएको छु राष्ट्रकवि विदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।

नेपालीको मन मन्दिरमा सधै भरी बास गर्दै
शब्दमाला अरबौंको लगाएर गयौ तिमी ।

लिला बल्लभ नेपाल, बिराटनगर

बुबाको मुख हेर्ने दिन

छोरो आउने बाटो कुर्ने बुबाका आशै मिठो लाग्छ
मैले खुट्टा ढोग्दा सधैं हसाउँने बातै मिठो लाग्छ

घर आइज कान्छा हामी तेरो बाटो कुरिरहेका छौ
पल पल झक्झकाइरहने बुबाका हातै मिठो लाग्छ

जिन्दगी

चल्न त सुख दुःख जसोतसो चल्छ जिन्दगी
कसलाई पो के थाहा कहाँनेर ढल्छ जिन्दगी

थुपार्नमै तछाड मछाड यति धेरै लोभ किन?
अजम्बरी को छ आखिर खरानी भै जल्छ जिन्दगी

गुन्यु चोलीमा कालो बिन्दी लगाएर आउनु

गुन्यु चोलीमा कालो बिन्दी लगाएर आउनु
हल्का गाजल मृगनयनमा सजाएर आउनु

म फुच्ची भनी मायाले बोलाम्ला तिमिलाइ
तिमी हजुर भन्दै अलिअलि लजाएर आउनु

तिम्रो नागबेली चालले मोहित पार्न मलाई
पाउको पाउजु छ्म-छ्म बजाएर आउनु

आकाशमा

यो वर्षा र झरी साथै, बादल छ आकाशमा ।
साँच्चै के छैन र ! कस्तो मालामाल छ आकाशमा ।। १।।

अमृत वर्षा भए मात्र, जीवन धन्य यो बन्दछ
बादलु भित्रको घैला, छ्यालब्याल छ आकाशमा ।।२।।

भर्भराउँदो वैंस थियो

भर्भराउँदो वैंस थियो, रुप थियो रङ्ग थियो
सगरमा कावा खाने, अनौठो उमङ्ग थियो

साथ दिने साथी थिए, थामी दिने हातहरू
विजयी नै हुने छाँटको, जीवनको जङ्ग थियो

आजकाल कसैको पहिलेझैं

आजकाल कसैको पहिलेझैं, रवाफ रहेन
दिन तिमीलाई अब सवाल, जवाफ रहेन

जीवन तिलाञ्जली दिने होडबाजी चल्दैछ
माफि पनि आफ्नो मान्छेसँग, माफ रहेन

देशै उठाउनेछन्

अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रा युवाहरूले देशै उठाउने छन् ।।

बाँझो भयो धरा यो आई यतै जुटेमा
हज्जार पाखुराले बाँझो फुटाउनेछन् ।।

निष्ठुरी तिम्रो यादमा

निष्ठुरी तिम्रो यादमा आँशु बनी झरेँ म
तिम्रो स्मृति भुलाउन धेरै डेरा सरेँ म

वसन्तको पल्लवी जस्तै हराभरा थिएँ म
दुखेँ सुकेँ ओइलाएँ अध अर्धमृत परेँ म

घर सफा राख्नलाई आगन

घर सफा राख्नलाई आगन, फोहोर गरेको छ।
त्रासले यसै पनि मनोबल, कमजोर गरेको छ।

कोरोनाको संक्रमणबाट बच्न, भन अब के गरूँ
घरबाट बाहिर कोही, ओहोर दोहोर गरेको छ।

SujanTimalsina

तिम्रो दिलको गोरेटोमा

तिम्रो दिलको गोरेटोमा जाने बाटो खोज्दैछु
मनको कुना कुना तिम्रै नाम खोज्दैछु

शरण दिने शरणार्थी हर्पल आफ्नो वरिपरि
मन भित्र बास दिन हृदयी रोज्दैछु

हजुर गर्नुहुन्छ अनेक काण्ड

हजुर गर्नुहुन्छ अनेक काण्ड, मलाई भन्नुहुन्छ
पूराण सकेपछि केही खण्ड, मलाई भन्नुहुन्छ

हिउँ पगालेर श्रोत जुटाउन, धेरै लागि परेको छु
प्यास मेट्न धाउनुपर्छ कुण्ड, मलाई भन्नुहुन्छ

राजनीति त नालीमा किरा चले जस्तै

राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

कुखुराको भाउमा पनि नेता बेचिएको देख्दा
भोट माग्नआउने खुट्टाहरू काटौं जस्तै लाग्छ
राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

तिमी खुकुरी मेरो जीवन हेर अचानो

तिमी खुकुरी मेरो जीवन हेर अचानो छ
रित्तिइसके आँसु, भन्छौ आँखा ओभानो छ

ऊ केजी होइन क्विन्टल, टनको कुरा गर्छ
आफूलाई पछ्याउने उही पाथी छ मानो छ