जीवनसँग सब्वन्धित सामाजिक घटनाले मलाई नछुने कहाँ हो र? हुनत गाउँमा नवस्नेले गाउँ को बारेमा बोल्न नहुने झै व्यवहार गर्छन नेताजीहरू । तर पनि टाढा बसेर बाहिर आएको कुराको आधारमा बुझ्दा विशेष राम्रो काममा जसरी सबैजना आफ्नो पहलमा भएको उर्दि लाउछन् त्यसैगरी नराम्रो हुँदा सबै पछि सर्छन ।
गाउँ जिल्लाको नभै केन्द्रीय नेताहरुसम्म अनभिज्ञ हुन्छन, आफ्नो गाउँ घरमा के हुँदै छ ? जस्तो देशकै गौरवको कुरालाई अन्य योजना झै सामान्य रुपमा निर्माण को लागि मन्त्रालयले बाहिर ल्याए पछि थाहा हुन्छ भने यो गाउको साधारण रोड त जताबाट जसरी जहिले बनाए पनि नबनाए पनि ध्यान दिनु पर्ने आव्श्यक किन पर्छ र ? नेताजीहरूलाई ।
सर्वसाधारण को आँखामा छारो हाल्न र आफ्नो खल्ती भर्न दोहोरो भूमिका खेल्दै गाउँ समाजको उन्नतिको लागि भन्दै समुदायमा द्वन्दको स्थितिको शृजना गर्ने यी समाजसेवी नेता जिहरू कसैलाई थाहा छैन? आफ्नो गाउमा सरकारबाट के कस्तो योजना र विकासको कामहरू हुदैछन । विडम्बना अँझ सबै भन्छन एकै स्वरमा धमिलो पानीमा माछा मारन नखोज ।
होइन क्षेत्रपामा यो नव माझी को रहेछ? कहिले आएछ ?
गौरवको ठुलो योजनाको मौकामा भौगोलिक स्थितिले अनुकुल र सुचारु पुरानो संरचनालाई नै निरन्तरता दिदै जिरेल समाजलाई समेटनु पर्नेमा अँझ गौरवको नाममा भौगोलिक प्रतिकुलता विर्सेर पुरानो संरचनालाई छोडेर नयाँ योजनामा जानु देशको अल्पसङ्ख्यक जिरेल समाजलाई तर्काउनु मात्रै मुख्य उद्धेश्य देखिन्छ त्यसैले यसलाई सन्वन्धित पक्षले समयमानै सच्याइयोस र सच्च्याइने छ भन्ने पूर्णतः विश्वास छ ।
यदि भोलि सच्च्याइएन भने पनि विकल्प त्यही पुरानै संरचना हो किनभने यो नयाँ योजनाले करिडोरको दुरि कम गर्ने त धेरैमा २ ३ कि मि होला त्यो दुरि पुरानोमा अलिकति बदल्ने हो भने त्यो पनि हल हुने छ । र यो नयाँ योजानामा जो लागि पर्नुभएको छ र आज खुशी मनाउदै हुनुहुन्छ त्योभन्दा पहिला यी कुराहरुमा विशेष ध्यान दिनु होला र अगाडि बढ्नु होला ।
१. यो करिडोर तामाकोसी तिरैतिर जाने त होइन नि ?कि काडेबाट मलेपु, मलेपुबाट बग्ग्वा अनि त्यहाँबाट जुङुगु दोभानमा पुल हाल्न पर्यो होइन भने मार्बु छिपिगाउ पाखाघर बसेरी पुक्ती सम्भव भएपनी जोखिम कति ?
२. पहिलो मार्बु देखि बेंसी निकाल्दा कम्तीमा दोहोरो लेन बनाउदा त्यो मार्बु पाखा कति खनिने छ त्यसले मार्बु वासिलाई सुरक्षित राख्न सक्छ ?
३. हुनत मलाई पाखाघर बसेरीबीचको क्षेत्रको बारेमा त्यति ज्ञान छैन तरपनी यसले बसेरी समेटन खोजेको हो भने यो क्षेत्र पनि मलेपु क्षेत्र जस्तै च्यानडाँडा सहितपर्सेको भिरपनी भविष्यमा तामाकोसीले खादैन भन्न कहाँ सकिन्छ र ?
४. पल्लो बसेरी देखि पुक्ती सम्ममा पनि त्यो धान खेत बाटोले खाने होइन पुक्ती खोलाले चाहिँ खाने स्थिति न आउला भन्न सकिन्छ र ?
५. होइन यो करिडोरको मापदण्डले दुरि कमगर्दै सकेसम्म छिटो दुरि पार गरौ भनेको छ कि छिपिगाउ बसेरिलाई समेटौ । भनेको छ ? यदि त्यस्तो होइन र दुरि नै कम गर्ने हो भने छिपिगाउ नगै सिधै पाखाघर हुँदै थोक ग्याप्सा (पर्से)भिर मुनिबाट चुच्छे ढुङ्गाबाट वेठिस्वारा निकाल्दा दुरि पनि झण्डै ७ ८ कि मि नै कमि हुन आउँछ भने मार्बुको पाखा छोडेर सुरक्षित पनि सय प्रतिशत नइ छभन्दा फरक पर्दैन ।
यसरी पाखाघरबाटसिधै बेठिश्वारा निकाल्ने हो भने धेरै नै सुरक्षित देखिन्छ तर जिरेलहरुको पहिचानको अवशेष सति थुर्साको सुरक्षा मापनी ध्यान दिइयोस ।
मेरो विचारमा मापदण्डकै अनुरुप मैले बुझेअनुसार हो भने जिरेल बस्तीलाई समेट्न मिल्दैन भने छिपिगाउ बसेरिलाई समेट्न पनि मिल्दैन त्यसैले यो तेस्रो विकल्प उत्तम छ र यसैलाई अपनाउन म द्वन्दको विजारोपन गरेर पानी माथिको ओबानो बन्ने नेता जिहरुलाई विकल्प दिन्छु होइन भने बहानामा जिरेल समुदायलाई वाइपास नगरियोस ।
र अन्त्यमा मापदण्ड र विकास को नाम र चाहनामा जिरेल समुदाय र पुरानो संरचनालाई लत्याउदै विनाशको विजारोपन नगर्नु होला ।
