“स्वर्गीययात्रा”

(पात्रहरु —- साइँला..
कान्छी….खत्री….पिटर)
(गाउँको दृश्य ; खरको घर आँगनमा साइँला दाजु
डोको बुन्दै गीत गाउनु हुदैछ)
साइँला – उमेर गयो बैशा त गएन लै लै
यो जोवनलाई सलाम छ यो जोवन लाई सलाम
छ …(गीत गाउदै काममा मस्त)
(चरा,खोला,को अवाज सुनिंदैछ… त्येतिकै
मा साइँला को स्वास्नी कान्छीको चिया
लिएर प्रवेश)
कान्छी — औ धनेको आपा के हो दिन
भरि यही डोको मात्रै समातेर बस्ने विचार छ
की क्या हो …लु खुरुक्क यो चिया पिउनुहोस्
अनि बारीको काम तिर लाग्नुहोस…..सबैले
आफ्नो बारी गोडी धान रोपी सके ….आफ्नो त
कहिले हो कहिले,,,असार
पनि सिद्धिनलागि सक्यो…..
साइँला —– अब के गर्नु र कान्छी तो नै भन त ?
अरुहरु को त छोरा,छोरी, सबै खेतमा काम गर्छन र
पो धान रोपी सके…आफ्नो त एउटै
छोरो त्यो पनि अनिकाले पयिस तोइले……
खोई कहाँ छ त्यो बजिया ???
कान्छी —– मेरो धनेलाई त्यसो नभन्नुहोस है !
बिहानै साथीहरु सित शहर जान्छु भनी गा छ !!!
(धुध ल्याउने खत्री दाजु को प्रवेश)
खत्री —— नमस्ते है साइँला भाइ
अनि चांगलाई ! साइँला अनि कान्छी एक्कै
साथमा —– नमस्ते दाजु !!
खत्री ——– लु
कान्छी बहिनी भाँडा थप्नुहोस त धुध
लगाईदिहाल्छु…
(कान्छी भाँडा लिन भित्र जान्छिन)
खत्री —- साइँला भाइको जस्तै जिन्दगी जिउन
पाए पनि हुन्थ्यो ….कति शान्ति अनि शुख
को जिन्दगी छ हौ साइँला भाइ तिम्रो !!!
साइँला —— खत्री दाइ टाडो बाट हेर्दा त
खंदर पनि महल जस्ती देखिन्छ नी….. मेरो जीवन
कस्तो छ त्यो मालाई मात्रै थाहा छ …..
खत्री —- के पीर चै छ र भाइ तपाइलाई…??
जग्गा जमिन टन्नै छ ,,माया गर्ने
स्वास्नी पनि छिन्…अनि बंक्ष बृद्दी गर्ने
छोरो पनि छदै छ …… के पीर चै छ र भाइ
तपाइलाई ??
साइँला —– खै के भन्नु र खत्री दाइ …..
एउटा छोरो त छ तर कुनै काम को छैन दिन
भरि गाँजा र
रक्सिमा अनि राति भरि सुन्तली को घर तिर
हुन्छ …. आफु मर्ने बेला भइसक्यो ,यस्ता ले त
मेरो आत्मा लाई पार लाउला के त भन्ने पीर ले
सताउछ….मरेर यो जग्गा जमिन लिएर जाने होइन
पो क्या रे …खोई यहाँ पूजा..दान,,धर्म कर्म त
गरेकै छु ,,स्वर्ग जाने बाटो आफैले तैयार पार्दैछु
दाजु !
खत्री —- थेत भाइ मर्यो पछि कहाँ जाने भनेर
सोच्नै हुदैन,,स्वर्ग अनि नर्क त येही छ…
(कान्छी दुधको भाँडा लिएर आउछिन् ..
खत्री ले भाँडामा दुध हाल्छ)
कान्छी —– आमामाम…..खत्री दाजु दुध त
पनि भन्दा पातलो छ त …..गाई ले अचेल
पानी ज्यादा खादैछ की क्या हो ?/
खत्री— (अफ्ठ्यारो
मान्दै) कहाँ त्यसो हुनु र बहिनी,,, आज देखि ३
वटा घर थप्पेको छ नी त !!!
कान्छी —-यस्तै हो भने त भोली देखि दुध
नल्याउनुहोस् है ,,,(भन्दै घर भित्र पस्छिन)
(यतिकैमा प्रभु को दास प्रचार गर्दै गर्दै
त्यहा आई पुछन)
पीटर — नमस्ते है दाजु हरु,,,
खत्री र साइँला – नमस्ते !!
साइँला —- यहाँ भाइ लै त मैले चिन्न
सकिन …कसलाई खोज्नु भा होला !?
पिटर —– दाजु म त खुसी को खबर लिएर
आएको पल्लो गाउँ बाट ,,मेरो नाम पिटर
हो,,,,तपाइलाई चिट्टी पठाउनु भाको छ कसैले
साइँला — ये पल्लो गाउँ भने पछि त पक्कै
पनि मेरो मामा ले पठाउनु भाको होला !!
पिटर —— नम्र हासेर ,,,,होइन होइन दाजु
तपाइलाई त वहाँ भन्दा ठुलो कसैले पठाउनु
भाको छ !!
खत्री ——- साइँला भाइ पल्लो गाउँमा त
तपाइको ससुरा बाजे पनि छ होइन,,,सायद उनले नै
पठाकोको होला !!!
साइँला —– होला ! होला !!!
पिटर —– होइन दाजु तपाइलाई त…तपाइलाई
असाद्धै माया गर्नु हुने प्रभु येशु ले चिट्ठी पठाउनु
भएको छ !!!
साइँला —- ल्या येशु भन्ने त चिन्दिन त भाइ !!
सायद ऊ तल्लो गाउँ
को साइँला को पो चिट्ठी होला त !!
पिटर —- होइन दाजु यो चिट्ठी तपाई कै
लागि हो !! खत्री —- ये एकछिन है ..येशु
भन्दा त कता कता नाम सुनेको जस्तै
पो लाग्यो त !! ये हो त मेरो छिमेकी गोरे भाइ
र शान्ति बहिनी ले पनि येशु प्रभु प्रभु भन्दै
हुनुहुन्थ्यो !!! कुनी त्यो क्रुसमा झुन्डिने मान्छे
भनेको जस्तै लाग्छ !!!
पिटर — खत्री लाई हेरेर ,,,हो दाजु म उनै प्रभु येशु
को बारे
मा बोल्दैछु,,,हो उनि क्रुसमा टाँगीनुभयो तर
तपाई र मेरो पाप को ज्याला तिर्न ,,,तपाई र
मेरो मुक्ति को निम्ति !!! अनि उनि मान्छे
को रुपमा त जन्मिनु भयो तर उनि परमेश्वरको पुत्र
हुनुहुन्छ !!!! वहाले तपाइलाई प्रेम गर्नुहुन्छ त्यसैले
यो सुसमाचार लिएर म यहाँ आएको ! जसले प्रभु
येशुलाई आफ्नो प्रभु
अनि मुक्ति दाता भनी ग्रहण गर्नेछ उसले अनन्त
जीवन अनि उद्धार पाउने छ !!
खत्री —– ये भाइ इसाईहरुको यस्तो सुसमाचार
त मैले गोरे भाइको घरमै सुनेको छु …… सधै
राति रक्सीको तालमा सुमाचार,,,शान्ति
बहिनीलाई घोक्र्याउदा को सुसमाचार !!!!
पिटर —– दाजु सबै इशाई एकै हुदैनन नी ,,,,,
उनीहरु ले उधार पाउने छैनन् !!!
साइँला —– भाइले पनि साह्रै ढाट्नु
हुदो रहेछ ,,,अघि चै इशाई सबैले मुक्ति पाउछ भन्ने
कुरा गर्नु हुदै थियो अहिले फेरि ….कता बाट
बोल्नु हुदैछ हौ !!
पिटर —- तपाइले ख्रिस्टियन धर्मलाई ग्रहण गर्नु
भो तर प्रभु येशुलाई मुक्ति दाता भनी ग्रहण
गर्नुभएन भने तपाइको पाप क्षमा हुदैन !!
तपाइको गोरे भाइले प्रभुको बचन हरु पालन
गरेका छैनन्,, प्रभुको अशल
बाटोमा हिडेका छैनन्…त्यसैले उनको उद्धार हुने
छैन ,,तर हाम्रो प्रभु क्षमा को परमेश्वर
हुनुहुन्छ,,दयाको परमेश्वर हुनुहुन्छ,,,यदि गोरे भाइले
आफ्नो भूल अनि पापको पस्चताप गरी फेरि प्रभु
येशुलाई पूर्णताले आफ्नो जीवन समर्पण
गर्नुभयो भने..हाम्रो प्रभु ले वहालाई
फेरि अंगाल्नु हुन्छ !!!
साइँला — खासमा येशु चै को चै हो ??
(गीत बज्छ प्रकृति सारा जगमगाई
उठे …………………………… )
पिटर — हिन्दु शास्त्रको यजुर वेद ३१:१८-१९
मा पनि लेखिएको छ
(सर्वात्मा प्रजापति पवित्र गर्भमा प्रविस्ट
भएर जन्म हुदा हुदै पनि देह धारण गरी जन्म लिनु
हुन्छ ,,,यस कथन अनुसार प्राय २ हजार वर्ष
अघि हाम्रो एशिया महादेशको इसरायलमा
कन्या बाट वहा सर्वात्मा प्रजापति येशु नाम
लिएर जन्म लिनु भयो ! र
हाम्रो पापको क्षमा अनि हाम्रो उद्दार गर्न
उनि क्रुसमा टान्गिनु भयो !
सामवेद मा पनि यसो लेखिएको छ –
“प्रजापति देवेम्य आत्मनम यज्ञम कृत्व प्र्यक्षत”
अर्थात् (परमेश्वर आफैले आफुलाई
बलिदानमा दिनुहुन्छ र पापको पस्चताप ग्रहण
गर्नुहुन्छ)
अब भन्नुहोस् दाजु के तपाइले पाप गर्नु
भएको छ ??
साइँला — अपुई !! भाइले कस्तो कुरा गर्नु
भएको हौ !! म जस्तो धार्मि मान्छे त
यो सारा गाउँमा मोम बत्ती बालेर
खोज्दा पनि पाउनसक्नु हुन्न !! जन्मेर अब मर्ने
बेला भइसक्यो तर अहिले सम्म यो पाप भन्ने चै
गरेको छुइन !!!
पिटर —– तर बाइबलले भन्छ हामी सबै
पापी छौ ,,, जन्मदा खेरि नै पाप बोकेर
जन्मन्छौ ! जसतै रिस,आरिस,लोभ , इर्श्या,,कु-
विचार,,ढाँट,
छल,,चोरी,,हत्या,,ब्यबिचार,,यस्तो पाप हरु
क्षमा भएन भने हामीले जति नै धर्म कर्म गरेपनि..
हाम्रो आत्मा स्वर्गमा जाना पाउदैन ! लु ..अब
भन्नुहोस् के तपाइले पाप गर्नु भएको छ ???
साइँला —– अफ्ठ्यारो मानेर ..अब त्यो रिस
गर्नु..आरिस गर्नु..लोभ गर्नु..ढाँट्नु पाप हो भने त
मैले पनि पाप गरेको छु नी !!!
पिटर —- (खत्री लाई हेरेर) अनि दाजु तपाइले चै
नी ???
खत्री —– (लजाउदै) अब त्यस्तो कुरो हो भने त
मैले पनि पाप गरेको छु नी !!
पिटर — हो यो सबै पापको क्षमा येशु प्रभुले
दिनुहुन्छ !! तपाइले वा कसैलेले पनि प्रभु येशु लाई
आफ्नो मुक्ति दाता भनी ग्रहण गर्नु
भो अनि वहा को बचन हरु पालन गर्नु भो भने
तपाइको पापको क्षमा हुनेछ अनि तपाई अनन्त
जीवनको सहभागी हुनुहुनेछ !!
(पवित्र बाइबलको रोमी १०:९
मा यसो लेखिएको छ – “किनभने यदि तिमीले
प्रभु येशुलाई आफ्नो मुखले स्विकार गर्यौ, र
परमेश्वरले वहालाई मरेका हरु बाट बिताउनु
भयो भनी हृदयमा विश्वास गर्यौ भने
तिम्रो उद्धार हुनेछ” र रोमी १०:१३
मा यसो लेखिएको छ – “किनकी प्रभुको नाम
पुकार्ने हरेकले उद्धार पाउनेछ”)
खत्री —– ख्रिस्टियन हरुलाई त
पानीमा काटेको भन्छ नी…..सानु जातकोहरु त
पस्छन नी ख्रिस्टियनमा !!
साइँला —- अनि यो ख्रिस्टियन भन्ने त
बिदेशी धर्म होइन र ???
पिटर —- पवित्र बाइबल ले भन्छ
“परमपिता परमेश्वरले मानवलाई आफ्नै
स्वरूपमा बनाउनु भयो”…….त्यसैले परमेश्वर
को नजरमा हामी सबै मानव जाति एकै हौ ,,,,,
परमेश्वरले जाति छुट्यानु भएन र जात
पनि छुट्याउनु भएन….. परमेश्वरले सबैलाई एकै समान
प्रेम गर्नुहुन्छ … सानु जात ठुलो जात भन्दै भेदभाव
गर्ने तुच्छ काम त हामी मानवले नै गरेका हौ नी !!!
(साइँला तिर हेरेर) स्वर्ग
अनि पृथ्वीको सृस्टि गर्ने परमेश्वर एकै हुनुहुन्छ तब
कसरी वहा बिदेशी हुन् सक्छन् !! अनि येशु क्रिस्ट
धर्म स्थापना गर्न आउनु
भएको होइन ,,,ख्रिस्टियन चै धर्म होइन तर सत्य
जीवनको बाटो हो !!
साइँला —— भाइलाई चै परभूको प्रचार गर्दै
हिडेको पैसा कसले दिन्छ नी !!??
पिटर ——- दाजु पवित्र बाइबल
को मत्ती ६:१९-२१ मा यसो लेखिएको छ –
“आफ्नो निम्ति पृथ्वीमा धन सम्पति नथुपारा,
जहाँ किरा र खियाले नष्ट पार्छ, र
जहाँ चोरहरुले फोरेर चोर्छन् ! तर
आफ्नो निम्ति स्वर्गमा धन
सम्पति थुपारा जहाँ किराले वा खियाले नष्ट
पार्दैन औ चोरले पनि चोर्दिन, कारण
जहाँ तिम्रो सम्पति हुन्छ त्यही तिम्रो मन
पनि हुन्छ !”
त्यसैले म सांसारिक धनको पछि होईन तर
स्वर्गीय धन कमाउन हिडेको हु !!
खत्री —– भाइ यो स्वर्गीय धन भनेको चै के
हो ???
पिटर ——- दाजु स्वर्गीय धन
भनेको सत्यतामा जिउनु र
परमेश्वरको बचनको आधारमा जीवन ज्ञापन गर्नु
हो !!!
पिटर — यसै कारण प्रभु यस संसारमा आएर
संसारिक धन थुपार्नु भएन् तर आफ्नु पिता परमेश्वर
को बचनमा नै आफ्नो जीवन समर्पण गर्नु भयो …..
र त्यही बचन अनुसार नै तपाई र मेरो निम्ति दुख
सहनु भयो र क्रुसमा मर्नु भयो !!!!!
पिटर —– खत्री तिर हेरेर,,,,,, दाजु
तपाइको आफ्नै भाइ वा दाजुलाई कसैले
हिर्काउदै छ भने के तपाई उसको निम्ति कुटाई
वा कोरा खानु तयार हुनुहुन्छ ????
खत्री —— थेत भाइ अब झगडा चै सुल्झाउनु
खोज्छु तर त्यो कोरा सोरा त
कहाँ खान्छौ …….बरु म त त्यो कुट्ने बजिया हरु
लाई पो पडकाइ दिन्छु !!!!
पिटर —- तर दाजु हाम्रो प्रभु
येशुको हामी आफ्नै भाइ वा दाजु त थियनौ ,,,
तर हाम्रो लागि वहा ले धेरै कोरा को चोट
सहनु भयो,,,,, धेरै गालि- थुकाइ खानु
भयो….अनि यस्तो चोट सहदा पनि वहाले
कसैललाई दोषी ठहराउनु भएन तर परमेश्वर सित
ति जसले वहालाई क्रुसमा टांगनु
भएको थियो उनीहरु
को क्षमा को लागि प्राथना गर्नु भयो !!!!
(अब खत्री अनि साइँला दुवै गम्बिर हुन्छन्)
पिटर —- आजको दिन हुरमा पनि हामीले
पवित्र बचन बिरुद्धका पाप हरु गर्दै
आईरहेकाछौ,,,तर तपाई हामी जस्ता पापीहरु
निर्धक्क भए हुन्छ किनकी हाम्रो पाप ले नै
हामीलाई प्रभु येशुको योग्य बनाउछ,,,,अनि जसले
वहालाई मुक्ति दाता अनि आफ्नु प्रभु भनी ग्रहण
गर्छन त्यसै क्षण ति पाप हरुको क्षमा हुन्छ र
हामी अनन्त जीवनको भागीदारी हुन्छौ !!!
खत्री र साइँला —— (दुवै भावुक भै रुदै) साचै नै
भाइ हामी पापी रहेछौ,,हामी पनि अनन्त
जीवन अनि स्वर्गीय राज्य को भागीदारी बन्न
चाहन्छौ …… साचै प्रभु येशु इश्वरको पुत्र
अनि हाम्रो मुक्ति दाता हुनुहुदो रहेछ…. भाइ
अब हामी पनि प्रभु लाई ग्रहण गर्न चाहन्छौ !!!
पिटर —– दाजु तपाई दुवैले साचै अशल निर्णय
लिनुभएको छ !!! म जे भन्छु
त्यही दोहोराउनुहोस् …….
“प्रभु येशु मलाई तपाइको खाचो छ, म मेरो हृदय
खोल्दछु, मेरो हृदयमा आउनुहोस्,म
मेरो गल्ति हरुलाई,,पापहरुलाई,स्विकार
गर्दछु,मलाई तपाइको रगतले धुनुहोस,,शुद्ध
गर्नुहोस्..म विश्वास गर्छु,,तपाई
मेरो निम्ति संसारमा आउनु भयो क्रुसमा मर्नु
भयो,,तीन दिन बाद जीवित हुनुभयो ..अब म
तपाइलाई
आफ्नो मुक्ति दाता भनी आफ्नो सारा हृदयले
ग्रहण गर्दछु !!!!
(साइँला अनि खत्री दुवै रुन थाल्छन) ——-
साचै भाइ सत्य के हो हामीले
चालपायौ ……..!!!!
पिटर —– दाजु अब तपाइहरु अनन्त
जीवनको हकदार हुनुहुन्छ…आउ हिडनुहोस् अब
हामी स्वर्गीय
यात्रामा लागौ……………………………..
(गीत बज्छ “सत्य के हो हामीले चाल पायौ”)
—समाप्ति होइन तर एउटा नया सुरुवात)
प्रशंसा परमेश्वरको होस्
— समीर “गोर्खा” छेत्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *