ks
अन्तिम प्रेमपत्र
मेरी दिलकी साम्राज्ञी हेमलता,
अन्तिम पटक सप्रेम सम्झना !
म छु यहाँ, तिमी छ्यौ त्यहाँ । सरकार छ उहाँ, भोकमरी छ जहाँतहाँ । खबर छ मकहाँ, महङ्गी छैन र कहाँकहाँ ? तिमी कहाँ पनि त्यही होला, म कहाँ पनि यही छ । अतः महङ्गीले शिखर चुमेपछि, हाम्रो प्रेमले पनि शिखर नचुम्ने कुरै आएन । शिखर छुनुको अर्थ अब अर्को ठाउँ छैन । अब जाने र पुग्ने अर्को ठाउँ छैन । अब प्रेम प्रकट गर्नु छैन । अरू-अरू पत्र लेख्नुको कुनै सार्थकता छैन ।
सयपत्रीको आँशु
सुरुवातिदो तिहार देउसी भैलोको लय सबैको घरहरू, रेडियोहरू, टीभीहरू अनि नेपाली मनहरूमा गुन्जिदै छ, मनपर्दो भएर । सयपत्री, मखमलीको सुन्दरता घर वरिपरि मुस्कुराएको छ । साँझहरू पनि उस्तै झल्मलिएका छन्, रहरलाग्दो भएर । सप्तरंगी बिहानी पनि उस्तै उमंगी छन्। तर यी सबै कुराले मेरो मन छुन सकेको छैन, गोरेटोको छेउछेउमा फुलेको सयपत्री पनि शुन्य लाग्छ । फूलहरूको सुन्दरता हराएको छ मेरो मनबाट ।
युगिन यथार्थको प्रतिविम्व : जीवनयात्रामा
विश्व मानव सभ्यताकै निम्ति स्रष्टा अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई आँखा छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । यस्तै मनका आँखाका धनी साहित्यकारको नाम हो-पुन्य कार्की । वि. सं.२०२७ साल भाद्र १८ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ ताम्लिछा गाविस वडा नं. —२मा जन्मेका र हाल त्रियुगा नगरपालिका वडा नं. ७, मोतिगडा, उदयपुरमा स्थायी बसोबास गर्दै आएका साहित्यकार कार्की कलिलै उमेरमा साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । अहिले उनी लेखन र शिक्षण कार्यमा संलग्न छन् ।

एउटा विम्ब देख्छु।
अप्ठ्यारोमा पर्दा हात दिन्छ मेरो साथी
के लेख्छ र गजल नाथे जिन्दगीको
स्वाभिमानी नेपाली म झुक्न सकिन
दिल चोर्ने जमात बढ्दै छ शहरमा
सक्दिन म भुल्नलाई, हृदयमा बसेपछि
मुटु मेरो किन जल्छ ? प्रिय आज अनायासै