Skip to content

ks

चमत्कारी विज्ञानलाई

  • by

चमत्कारी विज्ञानलाई बनाउछ मान्छे
फेरि उही बिज्ञानले सताउछ मान्छे

ढुङ्गा झर्छ हावा उड्छ पानी बग्छ किन
सबै चासो समाधान गराउछ मान्छे

युग हो यो शास्त्र भन्थ्यो शताब्दी भो अहिले
लौ हेर्नुस समयालाई नचाउछ मान्छे

BasantaDahal

रोक्दा रोक्दै तिम्ले मलाई

रोक्दा रोक्दै तिम्ले मलाई लछारेर गयौ आज
जिन्दगीको माझधारमा पछारेर गयौ आज

बिल्कुल म स्वार्थी हैन तिम्रै खुशी चाहेको थें
सम्झाउँदा उल्टै मलाई झपारेर गयौ आज

सुहागरात (लघुकथा)

  • by

मनप्रसाद एकदम् प्रतिष्ठित परिवारका व्राम्हण थिए । उनको चन्चलाश्री देखेर अरु सबै डाह गर्थे । उनको एकमात्र छोरा मदनको विवाह गर्ने उमेर बिस्तारै घर्किदै थियो । पल्लो गाउँको महेश्वर मुखियाकी छोरी भर्खर २१ पुगेर २२ पुगेकी मुना नामजस्तै तामाकै मुना बराबर अत्यन्त सुन्दर थिइन् । उनी राम्रो आर्थिक हैसियत कायम गरेका सम्पन्न मानिस थिए । छोरो सानै भएकोले छोरीको विवाह गरिदिने ताकमै थिए, महेश्वर । राजनाथले मध्यस्थकर्ताको भूमिका खेले र दुवै परिवारको सम्पन्नतापूर्ण प्रदर्शनले सामर्थ्यभन्दा बढी खर्च गरी विवाह सम्पन्न भो ।

आजभन्दा भोलिभन्दा घर जाने

  • by

आजभन्दा भोलिभन्दा घर जाने दिन आ’छ
उन्को लागि न्यानो माया सँगै लाने दिन आ’छ

उन्कै लागि के के किनें हेर्दैछु म हिजोदेखि
कोशेली यो लान पोको पन्तुर बान्ने दिन आ’छ

एउटा मन

  • by

दिन समाप्त भयो, रात; अचाल्की चिसोसँगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसँगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसँगै सुतिसक्छिन । अचानक उनको मनभरि अतित पोखिन्छ ; सम्झिन्छ, पहिलो श्रीमती राममाया अकालमै बितेपछि निस्सार जिन्दगी बाच्नुको आफैमा कहालीलाग्दो लाग्छ, आफैमा दबाव महसुस गरी दोस्रो ल्याए, बुढेशकालमा छोरीको धनि पनि भए तर एउटा कुरा संकोच छ समाजले गर्दा ।

संसारमा सबैभन्दा, देश आफ्नै प्यारो

  • by

संसारमा सबैभन्दा, देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि, भेष आफ्नै प्यारो

लगाएनी बिदेशका, चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको, खेस आफ्नै प्यारो

बिरानो यो ठाउँको सुनसान अँधेरीमा

  • by

बिरानो यो ठाउँको सुनसान अँधेरीमा हराउँछु
सपनीमा कालो काग देख्दा आफै डराउँछु

रुँदिहुन कराउँदिहुन मझेरीमा बस्दै आमा
त्यो सम्झिँदै आधीरातमा एक्लै बरबराउँछु

किनारसँग खोलीको भेट गरिदेऊ प्रभु भन्दै
जुन अनि तारा माझमा चाँदसित रिसाउँछु

जिन्दगीको पाठशालामा

  • by

जिन्दगीको पाठशालामा परीक्षाको लाग्छ मेला
डढेलोले खान्छ हृदय अनुतीर्ण भा’को बेला
विपत्तीको बाढी आउँदा छेकिदिने कोही हुन्न
थैली रित्तो भएपछि आफ्नाले नै गर्छन् हेला

युद्धको निचोड (लघुकथा)

  • by

बाटुलेचौर गाविसका जनताहरू हरेक कुरामा अगाडि थिए । शिक्षा, स्वास्थ्य, राजनीतिक, नैतिक कुराले मात्र होइन आर्थिक रुपमा पनि धेरै अगाडि थिए । हरेक समस्याको समाधान र उचित निर्णय उनीहरू आफैं मिलेर निकाल्ने गर्दथे । बाह्र बर्षे जनयुद्धको प्रचुर प्रभाव उनीहरूको गाउँमा पनि पर्यो । युद्धले नराम्रोसँग सबैतिर क्षति पुर्यायो । “रात बिती, बात बिती” भन्ने कुरालाई मध्य नजर गरेर अबको दिनमा कसरी अगाडि बढ्ने भनेर गाउँमा भेला बोलाइयो । सबै तह र ताप्काका मानिसहरूको उपस्थिति भयो ।

तिमी हिड्ने बाटो बेग्लै

  • by

तिमी हिड्ने बाटो बेग्लै, मैले हिड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौ, बाच्नु पर्ने एक्लै एक्लै

तन टाढा भए पनि, मन्को दुरी छैन कत्ति,
सपनीमा भेट हुँदा, हुन्छौ एकै दियो बत्ती
साथ सबै बिर्सु भन्छु, आई दिन्छ याद बनि
सबै सामु हास्नै पर्छ, आँशु जति बगे पनि

हामी बीचको सबै दुरी

  • by

हामी बीचको सबै दुरी आऊ मेटाऔँ आज हामी
यौवनमा बग्दै बग्दै दोभान भेटाऔँ आज हामी

रसिलो त्यो तिम्रो जोवन भुन्भुनाई चुम्छु अनि
उन्मत्त वैंश कस्तो हुन्छ देखाऔँ आज हामी

मनसाय

  • by

यो उदासी त नयाँ शृष्टि झै लाग्यो छातिभित्र अझै चैतन्यको अवशेष बाँकी छ । टुसाउन सक्ने जीवन बृत्ति बाँकी भएर सुन्य हुनबाट प्रवासमा पनि आफूलाई जोगाए झैँ लाग्छ । प्रत्येक मानिस एक एक वटा रिक्तता लिएर बाँचिरहेको हुन्छ । कोलाहलले भरिएको शहरमा एक्लो छु । जसरी लाखौंलाख ताराहरूको वीचमा भएर पनि चन्द्रमा एक्लो छ । एकान्तमा एक्लै बस्छु कल्पनाले पिरोल्छ ।

रातमा निदाँउन ‘खोज्छु उही यादले तड्पाउँछ ! बिहानीको न्यानो किरणमा अदृश्य मायाको आभास गर्दै आल्हालित हुन्छु ! एक्लै वर्वराउँछु अरुले पागल भन्लान् कि भन्ने डर लाग्छ ।

हिस्टेरिया

  • by

ए नोर्बु
सुनन
आजभोलि मलाई हिस्टेरिया भा’छ ।
आपा र आमाको
आँखा छल्दै
सराङमाथिको कराईबाट
कुरौनी चोरेर तिमीले
मेरो हत्केलाभरि राखिदिएको
यादले निचोरिएर हो कि क्या हो
आजभोलि मलाई हिस्टेरिया भा’छ ।

कर्कलो म त जूनको शीत

  • by

कर्कलो म त जूनको शीत स्वीकारूँ कसरी ?
किनारा भएँ नदीको प्रीत स्वीकारूँ कसरी ?

झरना जस्तो चाहना बग्दा समीप आएनौ,
चिरिन्छ छाती हर्षको गीत स्वीकारूँ कसरी ?

जति चोट खपेर नि

  • by

जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको, नाम्लो, घाँससँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँभरि कह्यौ आमा

बा-आमाको तस्बिर

  • by

मेरो कोठाको भित्तामा
घुर्मैलो आकाशको ब्लाक ऐन ह्वाइट
खुर्पे चन्द्र झैँ टाँगिएको छ
मेरा बा-आमाकोको तस्बिर ।

रोगले मेरा बा-आमालाई थलाएको थ्यो
जसरी अहिले यो देशलाई थलाएको छ
महंगीले मेरा बा-आमालाई खेदेको थ्यो
जसरी यो मुलुकलाई महंगीले खेदेको खेद्यै छ ।

प्रेमको उपहार

  • by

उसले गुलाव चुँड्यो भेट्नोसहित र आफ्नो मन पर्ने प्रेमिकालाई भ्यालेन्टाईन दिवसको दिनमा नै हातमा राखिदिंदै भन्यो – आई लभ यु मिस् जया । जयाले पनि आफ्नो जिन्दगीमा सपनाकै राजकुमारलाई भेटेको अनुभव गरिन् र भनिन् – सेम टु यु जगत ।

उनीहरूको अब प्रेममा हुनै अवरोध हुन पाएन । दिन दुई गुना रात चौगुणा कै दरले यसले झाँगिने मौका पायो ।

अँधेरीमा नआउ बरु

  • by

अंधकार त्याग्नै पर्छ प्रकाशमा आऊ प्रिया
स्वच्छभाव स्वच्छ राग मीठो गीत गाऊ प्रिया

संरक्षण सबको लागि मानिसबाटै हुनु पर्छ
अन्तरयामी बनी धामी व्यथा पत्तालाऊ प्रिया

नभ तल पृथिवीका आफ्नै आफ्नै संरचना
अमिल्दो छ वातावरण सक्छौ भने दाऊ प्रिया