ks
सुहागरात (लघुकथा)
मनप्रसाद एकदम् प्रतिष्ठित परिवारका व्राम्हण थिए । उनको चन्चलाश्री देखेर अरु सबै डाह गर्थे । उनको एकमात्र छोरा मदनको विवाह गर्ने उमेर बिस्तारै घर्किदै थियो । पल्लो गाउँको महेश्वर मुखियाकी छोरी भर्खर २१ पुगेर २२ पुगेकी मुना नामजस्तै तामाकै मुना बराबर अत्यन्त सुन्दर थिइन् । उनी राम्रो आर्थिक हैसियत कायम गरेका सम्पन्न मानिस थिए । छोरो सानै भएकोले छोरीको विवाह गरिदिने ताकमै थिए, महेश्वर । राजनाथले मध्यस्थकर्ताको भूमिका खेले र दुवै परिवारको सम्पन्नतापूर्ण प्रदर्शनले सामर्थ्यभन्दा बढी खर्च गरी विवाह सम्पन्न भो ।
एउटा मन
दिन समाप्त भयो, रात; अचाल्की चिसोसँगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसँगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसँगै सुतिसक्छिन । अचानक उनको मनभरि अतित पोखिन्छ ; सम्झिन्छ, पहिलो श्रीमती राममाया अकालमै बितेपछि निस्सार जिन्दगी बाच्नुको आफैमा कहालीलाग्दो लाग्छ, आफैमा दबाव महसुस गरी दोस्रो ल्याए, बुढेशकालमा छोरीको धनि पनि भए तर एउटा कुरा संकोच छ समाजले गर्दा ।
युद्धको निचोड (लघुकथा)
बाटुलेचौर गाविसका जनताहरू हरेक कुरामा अगाडि थिए । शिक्षा, स्वास्थ्य, राजनीतिक, नैतिक कुराले मात्र होइन आर्थिक रुपमा पनि धेरै अगाडि थिए । हरेक समस्याको समाधान र उचित निर्णय उनीहरू आफैं मिलेर निकाल्ने गर्दथे । बाह्र बर्षे जनयुद्धको प्रचुर प्रभाव उनीहरूको गाउँमा पनि पर्यो । युद्धले नराम्रोसँग सबैतिर क्षति पुर्यायो । “रात बिती, बात बिती” भन्ने कुरालाई मध्य नजर गरेर अबको दिनमा कसरी अगाडि बढ्ने भनेर गाउँमा भेला बोलाइयो । सबै तह र ताप्काका मानिसहरूको उपस्थिति भयो ।
मनसाय
यो उदासी त नयाँ शृष्टि झै लाग्यो छातिभित्र अझै चैतन्यको अवशेष बाँकी छ । टुसाउन सक्ने जीवन बृत्ति बाँकी भएर सुन्य हुनबाट प्रवासमा पनि आफूलाई जोगाए झैँ लाग्छ । प्रत्येक मानिस एक एक वटा रिक्तता लिएर बाँचिरहेको हुन्छ । कोलाहलले भरिएको शहरमा एक्लो छु । जसरी लाखौंलाख ताराहरूको वीचमा भएर पनि चन्द्रमा एक्लो छ । एकान्तमा एक्लै बस्छु कल्पनाले पिरोल्छ ।
रातमा निदाँउन ‘खोज्छु उही यादले तड्पाउँछ ! बिहानीको न्यानो किरणमा अदृश्य मायाको आभास गर्दै आल्हालित हुन्छु ! एक्लै वर्वराउँछु अरुले पागल भन्लान् कि भन्ने डर लाग्छ ।
प्रेमको उपहार
उसले गुलाव चुँड्यो भेट्नोसहित र आफ्नो मन पर्ने प्रेमिकालाई भ्यालेन्टाईन दिवसको दिनमा नै हातमा राखिदिंदै भन्यो – आई लभ यु मिस् जया । जयाले पनि आफ्नो जिन्दगीमा सपनाकै राजकुमारलाई भेटेको अनुभव गरिन् र भनिन् – सेम टु यु जगत ।
उनीहरूको अब प्रेममा हुनै अवरोध हुन पाएन । दिन दुई गुना रात चौगुणा कै दरले यसले झाँगिने मौका पायो ।

चमत्कारी विज्ञानलाई बनाउछ मान्छे
रोक्दा रोक्दै तिम्ले मलाई लछारेर गयौ आज
आजभन्दा भोलिभन्दा घर जाने दिन आ’छ
भन्नुपर्ने मनको व्यथा अझै बाँकी छ
संसारमा सबैभन्दा, देश आफ्नै प्यारो
बिरानो यो ठाउँको सुनसान अँधेरीमा हराउँछु
जिन्दगीको पाठशालामा परीक्षाको लाग्छ मेला
उनको मेरो भित्री कथा, बोल्यो कसैले
तिमी हिड्ने बाटो बेग्लै, मैले हिड्ने बाटो बेग्लै
मेरो कोठाको भित्तामा