Skip to content

मुटु मेरो किन जल्छ ?

  • by


मुटु मेरो किन जल्छ ? प्रिय आज अनायासै
तन मेरो किन गल्छ ? प्रिय आज अनायासै

तिम्रो माया मुटु माझ सजाएकै भए पनि
नयनमा केले छल्छ, प्रिय आज अनायसै

सम्झिन्छु म तिम्रो वाचा आज एक्लै हराउदा
छुरासरी शब्द चल्छ, प्रिय आज अनायासै

मुटु पोल्ने मायालाई आत्माले खोजिरदाँ
पलपल त्यसै ढल्छ ? प्रिय आज अनायासै

गोधुलिमा रात ढल्छ ‘क्षितिज’हेर्छु नियाल्दै
रातो घामले कालो दल्छ प्रिय आज अनायसै

केशव लामा’क्षितिज’

Leave a Reply

Your email address will not be published. Required fields are marked *