Skip to content

ks

विपना जन्माउने सपना

  • by

तार्न नसकेका सपनाहरू सबै
छोडेर खोलापारि
उतार्छु आफूलाई बगरमा
अनि हेर्छु ओसिलो पल्लो किनार –
एकझोला सपनाहरू
पोखिएका रहरहरू
र, झरेका रक्तिम लालीगुराँसहरू
अन्तिम हाँसो हाँस्छन मसँग ;
बग्नुछ उनीहरूलाई
केहीक्षण पछि आउने भीषण बाढीसँगै
र, गर्नुछ समापन–धमिलो यात्राको ।

दोहोरो प्रेममा बाचेका

  • by

दोहोरो प्रेममा बाचेका, छुटेर कहाँ जानु
त्याग सबैजसो अहंकार, फुटेर कहाँ जानु

प्रेमीको भूमिकामा नजर, जुधाउनु कति
निश्चित स्वार्थ लिई, लुटेर कहाँ जानु

PradeepNepal

सङ्घीयताको रूप

  • by

रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै फुस्स निदाएँछु म ।

ठूलो मैदानमा झण्डै सय जनाजति मानिसहरू गच्छे अनुसारको कुर्सी र भुइँमा बसेका थिए । कुर्सीमा बसेकाहरू चलनचल्ती अनुसार ठूला हुने भैहाले । भुइँमा बस्नेहरू श्रीरामका भरत हुने भैहाले । म मैदानको ढोकाबाट भित्र पसेको मात्र के थिएँ, उद्घोषकले आसन ग्रहणको अनुरोध गरिहाले ।

उसको प्रश्न

  • by

अर्तनाद क्रन्धन बोकेर
चिच्याइरहेका छन वृक्षहरू
हे लाजलाई अन्तर्मन भित्र लुकाएका
मान्छेहरू हो !
उर्बर माटोलाई तिमीहरूले नै मरुभूमि बनाउदै छौ
यो शितल हराभरा दुनियालाई मात्र हैन
अनि यो सुन्दर सृष्टिलाई तिमीले नै बाँझो बनायौ

ब्याजको के कुरा

  • by

ब्याजको के कुरा तिम्ले देको ऋण काफी छ
माया लाउन वर्षौं हैन एक दिन काफी छ

स्वार्थमा लिप्त भई दिएको माया भन्दा
निस्वार्थ नै सही बरु तिम्रो घिन काफी छ

जाग नारी ज्ञानचक्षु बाल्दै

  • by

जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ
कुरीतिका बोटहरू ढाल्दै ढाल्दै अघि बढ

घर भित्रै पिल्सिएर कति पीडा भोग्छ्यौ अझै
सडेका ती कुमान्यता फाल्दै फाल्दै अघि बढ

RajuSyangtan-02

नमुना

म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाँडा माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेला बेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, उक्त आवाज पछ्याउँदै गएँ । जति जति नजिक पुग्यो, त्यति त्यति परिचित लाग्न थाल्यो । भान्सेको परिचय पत्र देखाएर टेन्टको प्वालबाट स्टेजमा चिहाएँ ।

सोचेभन्दा औधी माया गर्छे

  • by

सोचेभन्दा औधी माया गर्छे यो काली त
तिम्रै निम्ती फुल्छे अनि झर्छे यो काली त

ढुक्क हुन्छु आकाश छुन्छु तिमी सँगै भए
सयौं खोला परे गंगा तर्छे यो काली त

तिम्रो यादमा रातैभरि

  • by

तिम्रो यादमा रातैभरि कोल्टे फेर्दैछु
तिम्रै माया दिलमा सजाई फोटो हेर्दैछु

कस्तो रै’छ भाग्य हाम्रो बिछोडिएर जिउनु पर्ने
मनको प्यास मनमै राखी आसुँ मात्रै पिउनु पर्ने
तिमी पनि मेरै यादमा तड्पी-तड्पी बस्दै हौली
सुस्त सुस्त बितेका ती अतितमा खस्दै हौली

प्रतिक्षा (सामाजिक कथा)

  • by

कुनै समय सडकको किनारमा पङ्तिबद्ध भएर उभिएका राता, सेता र निला शिरिशका फूलहरू ढकमक्क फुलेकोले मनमोहक दृश्य देखिन्थ्यो त कुनै समय तिनै फूलहरू पात सँगै झरेर अति नै उराठ लाग्दो देखिन्थ्यो । त्यस्तै गरेर कुनै रात पारिजात र रातकी-रानी फूलहरूको मगमग बसना चल्थ्यो भने कुनै रात झुपडीहरूबाट दर्दनाक चित्कार सुनिन्थ्यो । दुई चार जना भेला भएर कुरा गर्न र कुनै सामाजिक कार्य पनि गर्न नसकिने अबस्था हुँदै गैरहेको थियो । साँच्चै नै सरकारको बर्बरता दिन प्रतिदिन बढिरहेको थियो । त्यति बेला हरेक शहर अनि गाउँ-गाउँ र टोल-टोलमा गस्तीको टोलीहरू तिब्र रुपमा खटाइएको थियो भने त्यो बर्बरता र तानाशाह को बिरुद्ध जनतामा पनि चेतनाको आगो भुसमा सल्केको आगो जस्तै प्रति घण्टा तीनसय किलोमिटरको दुरीमा फैलिरहेको थियो ।

मनगन्ते कुरामा भुलाउने

  • by

मनगन्ते कुरामा भुलाउने, बानी मान्छेको
पराईको घुम्टोमा लुटुमुटी, जानी मान्छेको

मायाकै भरमा खान पाइन्न, कसैले भन्थे
साथ पाइन् कि दोबाटोमा, दानी मान्छेको

नाता-सम्बन्ध

बसन्त ऋतुले अन्तिम बाटो तताउन लाग्यो । बर्षा लाग्ने संकेतहरू जताततै देखिन थालेका छन् । बनजंगल, रुख बिरुवाका मुना र पालुवाले पृथ्वी हरियो रेशम साडी लगाएर अन्माउन लागेकी दुलही जस्तै सिंगारिएको देखिन्छ । सर्पले फेरेको काँचुलीहरू कता कति भेटिन थालेको छ । गाई बस्तुले आंग फेरिसके । चौर, खेतबारी, खोलानालाका किनारहरू हरिया घाँसले ढाकिन लागेका छन् । पानीका मुहानहरू अलि अलि रसाउन लागिसके । चराचुरुंगीहरू पखेटा फिंजाएर भुररर्रर्रर्रर्र उडेर फेरि रुखमा आएर बस्छन् । बर्षा ऋतु लाग्नु अगाडि फूल्ने फूलहरूमा भमराले पालैपालो शेचन गरिरहेका छन् ।

ओ प्रियतमाहरू!

  • by

ओ प्रियतमाहरू !
मेरा चरम उत्कर्शका योजनतहहरू
तिम्रो सुन्दर सपनाको योनाङ्गमा
पुग्न नपाउदै स्खलित हुँदा
म कति पनि दुखित भइन
ओ शहरीवालाहरू!