Skip to content


हामी नभई सकेका हामी
आफ्नो शरीर हेर्छौँ
तर पाइताला टेकेको भृ्इँ
कस्तो हालतमा छ ?
त्यसको हेक्का राख्न
भुसुक्क भुल्ने हामी
हामी नभई सकेका हामी ।
हामीले सुनेका छौँ,
तर बुझ्न सकेका छैनौँ
मान्छे जिरोबाट शुरु हुन्छ,
आफूलाई हिरो हुँ भन्छ ।
राम्रो काम गर्ने हिरो हुन्छन्,
नराम्रो काम गर्ने हिरासत पुग्छन् ।
जसले जे भने पनि,
जिरोबाटै मान्छे हुन्छ,
पत्याउन नसक्दा
हामी नभई सकेका हामी ।

सरुवा भई आएको हुलाकी दाइझैं
झोलामा पुलिन्दा बोकेर
दिन मात्र जानेझैँ
छानामाथि सपना हिडिरहेछ
तीव्र पाइला अघि अघि सारेर
छातीको मुटु हल्लिरहेछ
उसको आकाशीय सपनाले
ढुकढुक…… ढुकढुक….. ढुकढुक…. ढुकढुक…
विपना चाहिँ एक कुनामा पल्टेको छ ।
न्यास्रो वर्तमान लिएर
बेमौसमको बाजाझैँ
बेला कुबेलाको बाजाको ग्याइँ ग्याइँ
वर्तमान पाखा लागेको छ
राजनैतिक फोहोर हैजे श्वास फेरेर
विवस, मात्र विवस
वेमौसमका बेसुरा गीत गुञ्जिरहेका छन्
हामी नभइसकेका हामी ।

राजनीतिका असंख्य अदृश्य भृ्तहरू
मध्याह्न दिन या चर्को घाम
सारा मनहरूले आफ्नो तन चिमोटिरहेका छन्
फेरि नया“ वर्ष आएको छ
फेरि एकचोटी
भित्ताको नया“ रुञ्चे हाँसो
आफ्नो जीवनको भित्तामा झुण्डयाउनु छ
फेरि एकपटक
स“गी साथीहरूको सूची बनाउनु छ
फेरि एकचोटि
भयानक मनहरू बोकेर, उडिरहेका सपनाहरू
र पाइतालामुनि बसेर भए पनि
लेख्नु छ आफ्नै शासकका नाममा
खोजिदेऊ मेरा
वेपत्ता आफन्तहरू ।

हामी नभइसकेका हामी
जिरोबाट उठ्न मानेनौँ
आफ्नो सुखका लागि
अर्काको दःखलाई दःख मानेनौँ ।
आफ्नो शरीर हेर्छौँ
तर पाइताला टेकेको भृ्इँ
कस्तो हालतमा छ ?
त्यसको हेक्का राख्न
भुसुक्क भुल्ने हामी
हामी नभई सकेका हामी ।

नन्दलाल आचार्य, तपेश्वरी १, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *