मृत्यु र माया

  • by


एउटा विम्ब देख्छु।
खुशी, उमङ्ग, …
बढ्छ चाहना सामिप्यताको।
स्वर्गारुपी मनको दरबारमा,
सजाउ झै लाग्छ त्यो मुर्ती,
सदा-सदाको लागि, …

पलमै, अन्धाकार लाग्छ।
भन्भन रिङ्गाटा छुटे झैँ,
झट् झट् मस्तिष्कमा दुखाई,
नसा-नसा ठोक्किएर
बिजुली चम्के झैँ,
मन, मस्तिष्कका सोचहरू,
शुन्य हुदै, मुर्छित हुन्छु।

हुंई, … हुंई, … कराउदै,
एम्बुलेन्स आउछ।
बिधुवाको पहिरनमा चिकित्सक,
स्फ्याग्मो र स्तेस्थेस्कोप,
हातमा र काँधमा झुन्ड़ाई
ठिङ्ग उभिएर नियाल्दैछ,
एक प्रेम रोगीलाई, …

जाँच, बुझको अन्तिम परिणाम,
हातमा थमाई,
घोषित हुन्छु,
“मस्तिष्क क्यान्सर”को रोगी,
हा, … हा, … हा, …
हाँसो थाम्नै नसकी,
निस्कन्छु चिकित्सालय बाहिर, …

कसरी क्यान्सर?
क्यान्सरको दुखाई,
अनुभूति हुनै सकेन।
जति दुखायो मायाले,
त्यति नि नदुखाउने क्यान्सर।
म किन डराउ?
यो क्यान्सरबाट,
म मर्दैछु भनि किन रोऊँ ?
किन रोऊँ कारण बिना ?

किनकि, …
मृत त पहिले नै थिएँ।
बन्चित भएर त्यो मायाबाट,
आज यति हो।
सुचना जारि भएको छ,
धड्कन र स्वासको सम्बन्ध बिच्छेद हुने।
म निश्चिन्त छु।
खुशी छु।
कारण, ..
त्यो कोमल विम्ब बोक्ने,
एक छाती खरानी हुदैछ।
हावाको बेगमा,
अस्तु रुपी खरानी,
कण-कण हुदै …
त्यही धड्कनमा बस लिन,
हो,
त्यही धड्कनमा बस लिन, ..
त्यही भएर म किन रोऊँ ?

कल्पना राई”खुशी”
दोलाखा नेपाल
हाल-द. कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *