Skip to content

तिर्खा र प्यास

  • by


ठूल्दाजुले स्कृ्लको ढोका लगाए
ठूल्दिदीले सडकमा मुढो तेस्र्याइन्
पल्लाघरे काकाले पसलको सटर ताने
माथ्लाघरे कालुदाइले बस फर्काइदिए
र सडकमा माइक झुण्डाए
तल व्यानरहरूले रंगाए
अनि फुक्न थाले
सकुञ्जेल फुके
सुन्न चाहनेले एकक्षण सुने
भुल्न चाहनेले एकक्षण भुले
तर भरे भाँडामा के सामल हालौँ भन्दै
मीना भाउजू निस्कन खोज्दै थिइन्
उनको अग्रभागमा यमराज ठडियो
एकटकले नजर गाड्यो
र चोर औंलो ठड्यायो ।
भाउजु थ्याच्चै बसिन्
पुर्पुरोमा हात लगाइन्
र निकैबेर सम्म कान थुुनेर झोक्रिरहिन,
साँझमा मुक्त भइन्
घर नपुग्दै
३ बर्षे छोरीको मरञ्च्याँसे स्वर सुनिन्
– आमा भोक लाग्यो,
भोक, हो त्यही भोकको झोंकमा परेँ
बाबु ! शान्त बन्, हाम्रो दिन आउँछ अरे ।
नाबालिकाले बुझिन् बुझिनन् रुँदारुँदै
निद्रादेवीको शरणमा गइन्
उज्यालो हुँदानहुँदै अर्धमुिर्छत अवस्थामा पुगिन् ।।

नन्दलाल आचार्य, तपेश्वरी १, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *