एक–एक थोपाले गाग्रो भरिन्छ
हजुरको मेरो मिलेमा हाम्रो गनिन्छ ।
हिलोभित्रै कमलको फूल उम्रन्छ
मत मिले विकासको हुल जन्मन्छ ।
जुटी–जुटी गरेमा चुली ठडिन्छ
श्रम हाम्रो नाकको फुली मानिन्छ ।
विकासलाई सबको हात चाहिन्छ
एकै ठाउँ उभिए साथ पाइन्छ ।
जात–धर्म आफ्नै छ ठाउँमा
हामी उठ्छौँ सहकारी नाउमा ।
नन्दलाल आचार्य
२१ डिसेम्बर, २०१२ शुक्रबार
पुस २६, २०६९
पत्राचार :–लिटिल फ्लावर उच्च मा.वि., राजविराज–९, सप्तरी
स्थायी ठेगाना : तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो.नं. ९८४२८२९२०६
