सडक छाप एक बेरोजगार हुँ म
जो रोजगारको लागि गरेक दिन सडकदेखि सदनसम्म चहार्छ
बद्लामा पुरानो गोल्ड स्टार जुत्ता खियाउँछ
भिर्ने झोलाले काँध थकाउँछ
मुखबाट पिएको पानी शिरबाट चुहाउँछ
अनि,
प्रियले दिएको रुमालले सरक्क पसिना पुछेर
चौतारीमा लामो सुस्केरा तान्दै टोलाउछ
आफैले सम्हाल्छ
आफ्नै मनको कौतुहलतालाई
जो बहकिरहन्छ, ……
हरेक असफलता पछि…

एक झोका हावाको शिर देखि पाउ पुछेर जान्छ
जसरी झाँक्रीको पातीले रोगीको शरीरलाई पुछेर जान्छ
हो, त्यसरी नै पटक पटक मन्साइरहन्छ
मिठो बतासले मेरो शरीरलाई …
म, पुलकित हुन्छु…
जब, ति बेनामी हरिया वृक्षको पात भरी झुन्डिएर रहेको
बेनामी किराहरू एकै स्वरमा लय मिलाएर
आफ्नै मौलिकता झल्काएर बेनामी गीत गाउन थाल्छन
म मन्त्रमुग्ध भएर त्यसैमा डुबी दिन्छु
आफ्नै मनको बेनामी पीडा भुलाउन हराई दिन्छु
बेनामी गीतको लहर भित्र भित्र सम्म………
आफूलाई डुबाई दिन्छु……
बेनामी संगीतको तालमा……

आफ्नै अगाडि तेर्सिएको सडक हेर्छु
लमतन्न शान्त भएर कति निदाए कि यो सडक?
अँझ, त्यसैमाथि……
छोटा, मोटा, लामा, सबै खाले सवारी दौडिरहेछन
फगत दौडिरहेछन केवल हेर्न सक्छु
त्यसको गन्तव्य ठम्याउन सक्दिन
आखिर काँहा जान्छन होला?
सोच्न मन लाग्छ र घोत्लिन थाल्दछु
फेरि सोच्छु,
म किन अरुको गन्तव्य खोजूँ?
जब कि आफ्नै पाईला रुमलिन खोज्दैछ
आफ्नो बाटो छोडेर
आफ्नो गन्तव्य छोडेर……

म त्यही बेरोजगार हुँ
जो देशबाट टाढा छु
जो, घरबाट टाढा छु
जो, परिवारबाट टाढा छु
हो! आफ्नो प्रियबाट टाढा छु
सायद ……
त्यसैले …………

कल्पना राई (खुशी)
दोलखा नेपाल
हाल दक्षिण कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “बेरोजगार”

  1. कविता ता उत्तम हाे । तर
    कविता ता उत्तम हाे । तर शुरुमा म पात्र र तत्काल तृतीयपुरुषवाची पात्र भएकाेले तारतम्य र कथन मिलेन । कि म लाई ऊ पार्नु पर्याे कि ऊ लाइ म पार्नु पर्ला है नानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *