मेरो कवितामा तिमी छौ

KalpanaRai-04


तिमीलाई सम्झेर कविता लेख्नु को मज्जा नसोध
तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध
नसोध तिमी कविताका भाव
नसोध गजलका शेरहरू
जो तिमीमा समर्पित छन
जो तिमीमा समाहित छन
जो तिमीद्वारा शृंगारिक छन
जो तिमीद्वारा पूर्ण छन
हो, मेरा हरेक रचनाहरू
मेरा हरेक सिर्जनाहरू
तिमीबाटै सुरु हुन्छन
तिमीबाटै अन्त्य पनि ………

जसरी लाखौ फूलहरूको सुगन्ध,
पवनबाट छुट्याउन सकिन्न
जसरी आकाशबाट,
घाम जून हटाउन सकिन्न
जसरी खोलाबाट बगर
लुकाउन सकिन्न
त्यसरी नै…………
हो, त्यसरी नै,
मेरा हरेक शब्दमा तिमी हुने गर्छौ
मेरा हरेक वाक्यमा तिमी हुने गर्छौ
मेरा हरेक कवितामा तिमी हुने गर्छु
मेरा हरेक शेरहरूमा तिमी हुने गर्छौ
मेरा हरेक प्रणील भावमा तिमी हुने गर्छौ
किन कि,………
हो, मेरा हरेक रचनाहरू
मेरा हरेक सिर्जनाहरू
तिमीबाटै सुरु हुन्छन
तिमीबाटै अन्त्य पनि ………

जसरी कमलका पत्रदलहरू
दह माथि तैरिरहेका हुन्छन
जसरी झरनाका अनियन्त्रि बेगहरू
चट्टान माथि खुशी-खुशी पोखिरहेका हुन्छन
जसरी मिर्मिरेमा हरेक दुबोका टुप्पाहरूले
प्रभातकालीन शीतका कणहरू बोकिरहेका हुन्छन
त्यसरी नै,
हो! त्यसरी नै ……
तिम्रा प्रेमिल बातहरू कवितामा तैरिरहेका हुन्छन
तिम्रा दुख पीडाहरू गजलका शेरहरूले बोकिरहेका हुन्छन
तिम्रा यादहरू शब्द-शब्दहरूले बोलिरहेका हुन्छन……
किनकि………
हो, मेरा हरेक रचनाहरू
मेरा हरेक सिर्जनाहरू
तिमीबाटै सुरु हुन्छन
तिमीबाटै अन्त्य पनि ………

कल्पना राई “खुशी”
दोलखा नेपाल
दक्षिण कोरिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *