मान्छे चिन्ने र चिनाउने यही पैसा रहेछ
सलाम ठोकाउने पैसा रहेछ
झुकेर ढोगाउने पनि पैसै रहेछ
मुखको मिठो बोली पनि पैसा रहेछ
व्यवहारको तितो पनि पैसै त रहेछ नि!
हो!आज बुझ्दैछु सर्वे सर्वा पैसा रहेछ
नत्र किन साईली दिदी सुत्केरी मै विदेश पलायन भइन?
किन उनको श्रीमानले अर्की ल्याएर घर ज्वाई बसे?
गानिएको नितम्ब चुहाउदै
सन्तानको भविष्य कोर्ने साइली दिदी
आज,एक्लै एक्लै भौतारिदै छिन अरे……
त्यही सडक किनारमा
जाँहा,उनैको छोरा पजेरो चढेर हुइकिन्छl
एउटा लाहुरेको स्वास्नी लिएर …
हो!आज बुझ्दैछु सर्वे सर्वा पैसा रहेछ
एउटा परदेशी सडक गल्ली गल्ली चहार्दै छ
भेटिएका प्रत्येकलाई नमस्कार गर्दै केही सोधिरहेछ
तर,प्रत्येक व्यक्ति छैनको संकेत गर्दै अघि बढ्छ
त्यतिकैमा थोत्रो फोन भ्यार्र्र गर्छ
ऊ पनि हत्त न पत्त बोल्छl
काम चलाउदै गर,…
अहिले काम छैन,काम कै खोजीमा निस्केको छुl
पाउने बितिकै एक महिना पछि त तलब आई हाल्छ नि!
न रिसाउ न,म प्रत्येक दिन घोटिएको छु
तिमीहरूको उज्ज्वल भविष्यको लागि……
फोन काटिन्छl
तर सोधिएन उसलाई,
उ,कस्तो छ भनेर……
सोधिएन उसलाई,
खाना खायौ कि नाइँ भनेर……
सोधिएन उसलाई,
तिमी कसरी आफूलाई बचाइरहेछौ भनेर,…
हो,सोधिएन उसलाई,
जिउदै छ कि मर्दैछ यो परदेशमा भनेर ……
सोधिएन उसलाई,
उस्का व्यथाहरू,पीडाहरू,थकानहरू,……
हो!आज बुझ्दैछु सर्वे सर्वा पैसा रहेछl
ती नङमासु जस्ता प्रेम जोडी देख्दिन अचेल
यही बाटो हात समाई हिडेको,……
घन्टौ चौतारीमा अलिङ्गनमा बेरिएर
डोरी जस्तो बाटिएको यही आँखाले देखे थें,
तर ती प्रेमी भनाउदा महापुरुष
ईडिभी होल्डरसँग हिजै आकाशको बाटो पलायन भएछ
त्यी विवश प्रेमिकालाई एक्लै छोडेर …
माछीलाई बगरमा तड्पाए जसरी
तड्पी तड्पी मर्न छोडेर,…
ऊ पलायन भएछ,कुहिरेको देशमा……
त्यसैले,
हो आज बुझ्दैछु सर्वे सर्वा पैसा रहेछ l
नत्र किन दुख पाइन
साईली दिदीले……?
किन रुनु पर्यो परदेशीले ?
किन आधा पिल्टो भइन त्यो प्रेमिका ?
कल्पना राई
दक्षिण कोरिया
