हावासँग जुध्न खोजें आफै उड्ने डर भयोl
जड्याहाको जिन्दगानी घर न त थर भयो
एक जुनी बाँच्न यहाँ सयौ पल्ट मर्नु पर्दा,
एक मुठी स्वास चल्ने न त कुनै भर भयो
वारि खोला देह थियो पारी खोला मधुशाला
हत्केलामा ज्यान लिई तर्नै पर्ने कर भयो
बचनको बाण हान्यो बिरहीको मुटु ताकी,
कति बगे अश्रुधारा गह नै बगर भयो
हर एक साँझ पिएँ प्याला पनि पानी सरि,
लाग्न छाड्यो मात आज पिउनु पर्ने जहर भयो
कल्पना राई”ख़ुशी”
दोलखा नेपाल
(दक्षिण कोरिया)
