Skip to content

उनी र सपना


सपनीभरि आउनुको के अर्थ
एकाग्र तोडेर अमुर्त केही पठाउनुको के अर्थ
म आफ्नो भूगोल छेकेर बसेको मान्छे
तिमी आफ्नो परिधी नाघेर चिहाउनुको के अर्थ

मेरो प्रेमील आशक्ति इज्जतको दलदल बनेपछि
डुँडो समाजको कट्घरामा उभ्याइने सन्त्रास
शरीरको कोष-कोषमा बीस जसरी फैलेपछि
लत्याएकी एक पात्र हुँ
जो कदापि मुना बन्न सकिन
जो लैला बन्न सकिन
जो मुम्ताज हुन सकिन
जो जुलियट बन्न सकिन
तिम्रो जीवन प्रेमको कथा भित्र
फगत बने त केवल घृणाको श्रापित विम्ब ……

तिमीलाई एक्लो छोडेर मर्न सकिन
यसर्थ मर्न सकिन,मेरो मृत्युपश्चात मलाई खोज्ने छौ
सुक्खा बगर सरि तड्पिने छौ
बन्जर निर्जन भूमिमा परिणत हुनेछौ
बहुलाएर बेसुरमा फलाक्ने छौ
काली………काली………
म चिहान फोडेर निस्कन सक्दिन थें
जलेको भए खरानी जोडिन सक्दिन थें
विश्वास गर
मृत्युुलाई छारो हाल्नुमा तिमी भूमिगत छौ

एउटा सत्य बुझ्न औधी जरुरी छ प्रिय
मेरो अन्तिम प्रेमको डायरिमा
सम्झना,याद,अतीत,धोका …
यो बिगतका शब्दावली केही छैनन
छ त केवल अनि केवल ……
निश्चल,निर्मल,कोमल,माया मात्र माया……
अनि सिंगो फुलरुपि जीवनको समर्पण।

मैले निल्ने प्रत्येक भातको सीताहरूमा
मुटु चल्ने रगतको कोषहरूमा
धड्कन चल्ने स्वाशहरूमा
नयनको कथित दृष्यहरूमा
ओठले ठेल्ने शब्द शिविरहरूमा
जीव्रोले लिने स्वादहरूमा
स्पर्समा आउने हरेक सजीव निर्जीव बस्तुहरूमा
मेरा हरेक पदचापहरूले
सँगसँगै पथिक भएर यात्रा गरिरहेका हुन्छौ।
म स्वंम शरीर
तिमी आत्मा बनेर
अर्थात
के औचित्य रह्योर सम्झना र बनावटी यादको?

मेरो नजरको सीमा बाहिर जांहा रहेपनी।
शरीरभित्र कैद यो आत्माले तिम्रा हरेक खबर पाएको हुन्छ।
देहको सम्बन्ध होइन मेरो प्रेम
आत्माको सामिप्यता हो
त्यो परिधिभित्र अनर्थ हुनु अगावै
बेतमास यी बक्षस्थल दुख्न थाल्छ
यसर्थ बुझ्न सक्छौ मैले प्रेमिकाभन्दा ज्यादा
आमा भएर ममता गरिरहेकी छु।
सानो-सानो चोटले दुखाउँछ जब तिमीलाई,
औधी गहिरो निद्रा पनि झल्यास्स खुल्छ
ढुक्ढुकी चिच्याउछे …छाती फुट्ने गरी चिच्याउछे
कालूलाई सन्चो छैन……उस्लाई सन्चो छैन।
तिलस्मी नजरको कापबाट उर्लिन थाल्छ माहासागर
अलाप्न थाल्छु ईश्वर
जस्लाई तिम्रै बियोगमा कप्टी नामाकरण गरेकी थिएँ

निर्दोष आँखाको नानीहरू
गुँरास फक्रीने ती अधरहरू
मेरा दृष्टि हुन,
जस्ले संसार सुन्दर बनाएर हेर्न सिकायो
अघोरी दु:खहरूमा मुस्काउन सिकायो
कोटि-कोटि धन्य छु।

म बबुरोको एउटा हितोपदेश तिमी ज्ञानीलाई
सहर्ष स्वीकार्ने छौ।
अन्तिम सत्य पवित्र प्रेम हो।
तिमीसँग गरेको अन्तिम बाचा
मेरो श्वास छुट्नु अधि छुट्ने छैन
खै कुन मोहले हो कुन्नि
तिम्रो पाइला मेरो भूगोल छोडेर अन्तै उडान भर्यो
यस्सै अड्कल लगाउन चाहन्न
जीवन तिम्रो स्वतन्त्र छ
आफ्नो स्व-इक्षाले जिउन सक्छौ
कदाचित अँझै म बाधा साबित हुन्छु भने
अलाप तिम्रा ईश्वर
माग वरदान मेरो मृत्युको
चढाउ भेटी जति सक्छौ
माग भयानक दुर्घट्ना मेरो जीवनको
उफ्फ……सम्म गर्ने छैन
एक थुंगा मुस्काएर तिम्रो नाम जप्दै
अंगाल्नेछु चिर निद्रा…

कथम-कदाचित मृत्यु वरन भयो भने जिम्दो रहला
तिम्रो धर्म शास्त्र अनुसार मेरो आत्मा
फेरि पनिरहुँला तिम्रै समीप
एउटा छायाँ बनेर
असह्यको पराकाष्ठा नाधेपछि
घरको गुरुद्वारा लगाउनु कोटि होम
म त्यही आत्मदाह गर्ने छु
तिम्रो आँगनीको मध्ये भागमा
बगाइ दिनु शेष खरानी
त्यही चमेलीया नदिको पानीमा।
जुन नदिको काहानी तिमी मलाई घण्टौ सुनाउथ्यो ……

सायद त्यो पल अमीट याद बनेर रहुंला त्यो छातीमा……
जन्मौ जन्मसम्मको लागि…………

धरती कल्पना
कोरिया दक्षिण

Leave a Reply

Your email address will not be published. Required fields are marked *