आऊ आऊ अऊ
आऊ ज्वाइँ आऊ
छिटो यता आऊ
पुग्यो तिम्रो भाउ
फेरि यता आऊ
तिम्रो आयो दाउ
आजसम्म देश खायौ
अब गाउँ खाऊ ।
आऊ ज्वाइँ आऊ
छिटो यता आऊ
मोज गर्न आऊ
भोज खान आऊ
तर मार्न आऊ
तिमीलाई छुन सक्ने
अब कस्को बाउ ?
आऊ ज्वाइँ आऊ
ससुराली खाएका थ्यौ
अब गाउँ खाऊ
आऊ ज्वाइँ आऊ
छिटो यता आऊ ।
माथि माथि खाइसक्यौ
अब गाउँ खाऊ ।
मुन्द्रे झ्याम्ले कुण्डलेलाई
साथमा लिइ आऊ
फेरि पनि अब यहाँ
डढेलो लगाऊ
गाडी डढाऊ
राँके जुलुस लिइ लिइ
चाँडो चाँडो आऊ
आऊ ज्वाइँ आऊ
छिटो छिटो आऊ
अब चाँडो आऊ ।
2015-02-03 09:53:11 +0545
