जाऊ ज्वाइँ जाऊ
माथि छिटो जाऊ
मोज गर्न जाऊ
भोज गर्न जाऊ
तर मार्न जाऊ
जित्यौ यो चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
गाउँ खायौ आजसम्म
अब देश खाऊ ।
जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।
सक्छौ भने चाँडो चाँडो
सम्विधान बनाऊ
बनाएकै भोलिपल्ट
सम्विधान डढाऊ ।
तिमीलाइ हल्लाउने
अब कस्को बाउ
जाऊ ज्वाइँ जाऊ
तर मार्न जाऊ
माथि माथि जाऊ
तर मारि सकेपछि
फे्रि फर्की आऊ
जाऊ जाऊ जाऊ
छिटै माथि जाऊ
गाउँ सबै खाइसक्यौ
अब देश खाऊ ।

no one comment.
no one comment.