Skip to content


प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा यही २०७० माघ ६ गते धनगढी, कैलालीमा सम्पन्न हुने कार्यक्रममा झापाबाट साहित्यिक सदभाव यात्राको रुपमा माघ ४ गते १४ जनाको झापाली साहित्यकारहरूको टोली चंद्रगढ़ीबाट बिहान ५.०० बजे त्यस तर्फ प्रस्थान गर्दै छ ।

सो टोलीमा श्रीचूडामणि रेग्मी, सदम्पति होम सुबेदी श्रीमती वीना सुवेदी, डिल्लीराज नेपाल-श्रीमती केकई नेपाल, देवीचरण भण्डारी “सरोज”, नवराज घिमिरे, आरती पोखरेल, खगीन्द्रा खुशी, कृष्ण सुबेदी “निराकार “(चन्द्रनिगाहपुरसम्म), पुण्यप्रसाद खरेल (काकरभित्ता), बिजय खरेल-श्रीमती पर्वाती खरेल (काकरभिट्टा), भवानी क्षेत्री (बिर्तामोड) झाँक्री खोले (इलाम) र सरला चापागाईं (बिराटनगर (मोरंग) हुनुहुन्छ।

सुनसरी निवासी साहित्यकार एवं कलाकार उपेन्द्र पागलको घरमा बिहान ८.०० बजे पुगेर बिहानको खाना त्यहाँ खाने कार्यक्रम रहेको छ। धनगढीको त्यो कार्यक्रममा होम सुवेदीद्वारा लिखित हास्यव्यङ्ग संग्रह “खुइलिएको तालु ” लोकार्पण गर्ने समेतको कार्यक्रम रहेको कुरा जानकारी गराउन पाउदा खुशी लागेको छ ।

प्रश्रित प्रतिष्ठानका तर्फबाट होम सुवेदी
श्रोत : देवीचरण भण्डारी सरोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *