जीवन यात्रा पनि एक लेखन हो
त्यस लेखनमा तिमी अल्प विराम दिदै जाऊ
लेखन यात्राको बाटो लामो छ
त्यहाँ तिमी अर्द्धविराम दिदै जाऊ
जीवन यात्राम आश्चर्यका क्षणहरु आउँन सक्छन्
तिमी उद्गार चिन्ह दिदै जाऊ
तर हेर
तिम्रो यात्रामा तिमीले नै
प्रश्चचिन्ह लगाउने हैन
प्रश्न चिन्ह लगाउने अर्कै छ
तिमीले आफूलाइ पूर्णविराम दिने हैन
पूर्णविराम दिने अर्कै छ ।
तिम्रो काम यात्रा गर्नु हो
तिम्रो सारथी ता अर्कै छ ।

एकदम सही । विराम नै विरामको
एकदम सही । विराम नै विरामको जीवन छ । कुन बेला कुन विराम लगाउने नगरे विरामी-जीवन हुन्छ ।