Skip to content


रातको बतासमा सुबास एक अल्झियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो
रातको बतासमा …

कसोकसो कता कता उनै उनै कुराहरू
बिथोल्न थाल्दछन् सधैं छिरेर सम्झनाहरू
परेलीबाट आँसुको मुहान नै छचल्कियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो
रातको बतासमा …

समालुँ कि समालुँ कि कहाँ समाली सक्नु छ,
भुलाऊँ कि भुलाऊँ कि कहाँ भुलाइसक्नु छ,
बेहोसको र होसको तरङ्ग क्यै त सुल्झियो
तिम्रो सम्झना जसै गएर भित्र बल्झियो
रातको बतासमा …

13 thoughts on “रातको बतासमा”

  1. होमजी, श्रोत खुलाउनु पर्दैन ।
    होमजी, श्रोत खुलाउनु पर्दैन । अन्त कुनै पत्रिकाहरूमा प्रकाशित भएको भए मात्र लेख्ता हुन्छ, नत्र खाली छोड्नुहोस् ।

    1. रेस्पोन्सका लागि धन्यवाद
      एउटा सल्लाह दिएँ है । सकिए सुधार्नुहोला ।

      कृपया तपाइँका मझेरीको विधासूचीमा लेखिएको छ हाँस्य व्यङ्ग्य

      सक्नुहुन्छ भने त्यसलाई सुधारेर
      हास्य व्यङ्ग्य
      पार्नुहोला । कहिले सुधार्नुहुँदो रहेछ म बाटो हेरिरहेको छु । अरु कुरा पनि निःशङ्क मलाई सोधे हुन्छ ।

      हाँस्य हुँदैन । हास्य हुनु पर्छ है ।

      तपाइँको
      होम सुवेदी
      मेरो ठेगाना पनि आज दिएँ है तपाई‌लाई
      सहप्राध्यापक
      मेची बहुमुखी क्याम्पस भद्रपुर ।

      1. धन्यवाद
        व्यङग्य भयो यसो गर्दा अझ बिगार भयो ।

        व्यङ्ग्य

        यस्तो लेख्नुहोला है मित्र झर्को नमानी ।

        1. त्यो फन्ट नै त्यस्तो भएको हो
          त्यो फन्ट नै त्यस्तो भएको हो । ङ लाई काट्ता पनि त्यति फरक देखिएन ।

      2. त्रुटी औंल्याउनुभएकोमा धन्यवाद
        ओहो, सर हुनुहुँदो रहेछ र पो !

        सुझाबको लागि धन्यवाद छ । परिवर्तन गरेको छु, हेर्नुहोला । आगामी दिनमा पनि त्रुटीहरू औंल्याइदिनुभएमा आभारी हुनेछौं ।

      3. नमस्ते
        सुन्दर रचना ! ज्ञानवर्धक कुराकानी नमस्ते होम सर !

      4. यता पनि हेर्नुहोला
        सूचीमा

        यता पनि हेर्नुहोला
        सूचीमा मिलाउन सकिए तलको लेखिएअनुसार मिलाउनु भए बेस हुने बुझ‌े ।

        विचारात्मक निबन्ध

        सूचना प्रविधि

        राजनीतिक विश्लेषण

        लिम्बू भाषी रचना

        स्रोत

        अनुवाद कथा भन्नु भन्दा अनूदित कथा भन्नु असल

        विधा

      5. धेरै बाठो भइस् भनेर रिस पो

        धेरै बाठो भइस् भनेर रिस पो उठ्ने हो कि ।

      6. रिसाउने कुरै हुँदैन
        होमजी

        रिसाउने कुरै हुँदैन । यस्तो सुझाब दिने तपाईँ थोरैमध्येका हुनुहुन्छ । त्रुटीहरू सुधार गर्दै गए मात्र मझेरी स्तरीय हुँदै जान्छ । त्यसको लागि सधैं आभारी छौं । माथि औंल्याउनुभएका केही सुधार गरिसकेको छु, “स्रोत” चाहिं केही समय लाग्ला जस्तो छ, म काम गर्दैछु ।

      7. ढिलो चाँडो सुधार गर्नु भनेको
        ढिलो चाँडो सुधार गर्नु भनेको कुनै नराम्रो कुरा भएन । तर मैले दिएको सुझावलाई तुरुन्तै लागु गरेर मेरै आँखा अघि प्रस्तुत गरेको देख्दा मलाई मेरो छाती नाङ्लो जत्रो भएको अनुभव भयो । म सारै खुसी छु । सुधार गर्ने क्रममा अब बिबिध शब्दलाई विविध र विधा लाई विधा पार्न पात्र बाँकी छ । हास्यव्यङ्ग्य मेरो ता निजी क्षेत्र हो । यसलाई मैले मास्तिर लेखेको जस्तो मिनाउन सकिन्न र । लेख्न सकिन्न भने यही मैले लेखेको शब्दलाई कपी गरेर पेस्ट गर्दा कसो पर्ला त ।

      8. मिलाएको छु
        लौ, मिलाएको छु । धेरै धेरै धन्यवाद छ । यस्तै सुझाबहरू भविष्यमा पनि पाइने नै छ भन्ने आशा छ 🙂

      9. धेरै धन्यवाद । बिधा सूचीलाई
        धेरै धन्यवाद । बिधा सूचीलाई पनि विधा सूची बनाउने काम भए राम्रो होला ।
        अँ मलाइ मेरो एउटा सामग्री मझेरीमा युनिकोडमा मात्र छ । मेरो डेक्स्टप खराब भएकाले सबै उड्यो । मझेरीको त्यो मेरो सम्मान फोबिया भन्ने निबन्धलाइ प्रीतिमै बनाउनु पर्ने भो । अब यो युनिकोडको सामग्रीलाई फेरि प्रीतिमा परिवर्नत गर्न मिल्ने नमिल्ने कुरा जाकारी पाउँ है त ।

      10. युनिकोडबाट प्रीति रुपान्तरण
        ए, त्यो एक ठाउँ छुटेको रहेछ, सच्याएको छु ।

        युनिकोडबाट प्रीति/कान्तिपुरमा रुपान्तर गर्न यो पेजमा मिल्छ ।

        http://unicode.shresthasushil.com.np/index.php

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *