मेरो नाम दूधका मसीले लेख्छु भन्छ्यौ तिमी
जति नै कोसस गर तिमी
दुधको मसी हालेको कलमले दूधैमा लेखे पनि
त्यहाँ मेरो नाम कसै गरी लेखिदैन
लेखिए पनि केही देखिदैन
मेरो छातीलाई तिमी चट्टान भन्छ्यौ
लौ चट्टान नै भएँ अरे म ।
तर हेर साथी
मैले ता तिम्रो नाम चट्टानमा खोपेर राखेको छु
चट्टानमा लेखिएको तिम्रो नाम
जति मेटौ भन्दा पनि मेटिदैन
दूधमा लेखेर के गर्नु र
दुधको नाम कहिल्यै भेटिदैन ।
चट्टानमा लेखिएको तिम्रो नाम
कहिल्यै पनि मेटिदैन ।

हजुर को सबै रचना राम्रो छ
हजुर को सबै रचना राम्रो छ हजुर को साथ् र माया रह्यो भने हामी पनि साहित्य जगतमा अगि जना सहयोग मिल्नेछ म त केवल रचना कोर्न सुरुवात मात्र गरेको छु आशा छ आगामी दिनमा हजुर हरुको साथले लेख्दै जाने छु