Skip to content


तपाईंलाई पनि पेटको भोक लागेको होला
मलाई पनि उही भोक लागेको छ
हामीहरूबाट दिमागी भोक भागेको छ
बस पेटैको भोक मात्र जागेको छ ।
यसैले यो भोकको ताप मेटाउन
खाडीतिर हाम्रो लर्को लागेको छ

भोक आखिर भोकै हो
भोकलाई खाना चाहिन्छ
अन्नको दाना चाहिन्छ
कसैलाई बिहानै चाहिन्छ
कसैलाई बेलुका चाहिन्छ
खान चाहियो भन्दैमा
सबैलाई अन्नको दाना कहाँ पाइन्छ ?
कसैलाई एक मुठीले हुँदो हो
कसैलाई चार माना चाहिन्छ ।

यता अन्नको अनिकाल छ
कतै अन्न फालाफाल छ
भोकाएका पेटको बेहाल छ
कतै अन्न बढी भएर वाक्वाकी छ
कतै एक दानाका लागि थक्थकी छ
खै के भनौ
म ता भोको छु
मलाई ता खाना चाहिन्छ
अन्नको दाना चाहिन्छ
यहाँ अन्न उब्जन छोड्यो
बरु अब अन्नका लागि
मरुभूमिका मुलुकतिर धाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *