मलाइ यस साइटले निकै आकर्षित गरेको हो । यसको आकर्षण अहिले पनि म मनग्गे नै देख्छु तर यसका पाठकहरु र यसका उपयोगकर्ताहरुमा अरुको सामग्री कम पढ्ने र पढे पनि अरुका सामग्रीबारे कुनै प्रतिक्रिया नदिने गरेको पाएँ । साथीहरु यसभित्र प्रवेश गरेपछि यसका आफ्ना रुचिका विषयहरु पढौ र कमी बेसी बारे आफूले जानेसम्मको टीप्पणी पनि गरौ । मेरो सुझाव भयो । अन्यथा नलिनुहोला ।

जती धेरै सुविधा त्यती नै धेरै समस्याहरु हुन्छन्
होम जी, तपाईको सुझाव राम्रो हो तर प्रतिक्रीया दिनु आफैमा राम्रो कुरा भएता पनि नदिंदामा रचनाहरु नपढेको भन्ने मलाई लाग्दैन, हुन सक्छ टाईप गर्नु आउदैन र गराइ माग्नु पर्छ अथवा लागेको कुरा व्यक्त गर्न नचाहनु वा नेटमा धरै समय बिताउनको लागी समस्या पनि त हुन सक्छ, जती धेरै सुविधा त्यती नै धेरै समस्याहरु हुन्छन् त्यसलाई मनन गर्नु भए अझै राम्रो हुन्थ्यो कि ?
यो तथ्य हो कि, Silent
यो तथ्य हो कि, Silent readerहरू धेरै छन् मझेरीमा । लेखकहरूले पनि एउटाले अर्काको रचनाप्रति प्रतिकृया दिने बानी गरियो भने एक-अर्काको रचनाको स्तर बढाउन सहयोग पुग्ने थियो ।
सम्पादकको भनाइ नै भावना
सम्पादकको भनाइभित्रै भावना बहिनीलाइ मैले दिनु पर्ने उत्तर देखियो म यसमा चूप लागे ।
Namaskar !
Ma ta pahile pahile mangyai lekhthen….
Achel alik byastatale ganjeko chha.
Jyun nai lamo tapasya garnu pareko chha.
Yadakada padhne garchhu.
Bhalakusari chanhi chhutaudin.
Dhanyabad !
शुरू शुरूमा त मैले पनि
शुरू शुरूमा त मैले पनि प्रतिक्रियाहरू लेखेको हो तर त्यसमा कुनै जवाफ न लेखिएको ले बिस्तारै थकाइ मारे जस्तो भयो । अब भने भ्याएसम्म लेख्ने छु ।