नेपालीको महान चाड् घर, आँगनमा आइसक्यो
सयपत्री, मखमलीले माया प्रीत लाइसक्यो ।
तन भने परदेशमा, मन भने घर, आँगनमा
इच्छा, रहर् दौडिएर गाउँ, घरमै धाइसक्यो ।
बुढी आमा, बुढा बाबा दिन गन्दै बस्दा हुन्
पीर, चिन्ताले यो मनलाई कटक्क नै खाइसक्यो ।
मध्यरातमा कोल्टे फेर्दै रातको प्रहर बितिदिन्छ
आँखाभरी दशै, टिका सम्झनामा छाइसक्यो ।
अभागीको कर्म यस्तै परदेशमा रम्नु पर्ने
भावनाले मन मनै आशिर्बाद् चैं पाइसक्यो ।
रचना – अक्टोबर १५, २०१२
