अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, मे)

  • by


आचार्य प्रभा
डेनभर (कोलोराडो)
मे २७, २०१२

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा नियमित हुने कोलोराडो साहित्य संगम कवि गोष्ठी मे २६, २०१२ का दिन श्री हरि अधिकारी, श्रीमती उषा अधिकारी तथा मीना पौडेलको आतिथ्यमा हेन्डरसन स्थित वंहाहरूकै निवास स्थानमा सफलतापुर्वक सम्पन्न गरियो ।

सदा झैं उक्त कवि गोष्ठीमा विभिन्न विधामा रचनाहरू पाठ गरिएको थियो । च्याप्टरका अध्यक्ष पदम विश्वकर्माद्वारा संचालित उक्त कार्यक्रममा बरिष्ठ गजलकार मनु ब्राजाकीको पनि उपस्थिति रहेको थियो ।

आ-आफ्ना रचना पाठ गर्ने क्रममा गीतकार ज्ञानेन्द्र गदाल, निर्मल प्याकुरेल, मीना पौडेल, हरि अधिकारी, विजयदेव अधिकारी, राजु सिटौला, भूपेन्द्र महत, मनु ब्राजाकी, डा. बिजयराज शर्मा, समिर आचार्य, आचार्य प्रभा, पदम बिश्वकर्मा हुनुहुन्थ्यो भने आगन्तुक रचना नेपालबाट उमा सुबेदीको गजल, गीतकार ज्ञानेन्द्र गदालज्युले बाचन गरेर सुनाउनु भएको थियो ।

उक्त गोष्ठीमा साहित्य सम्बन्धी विभिन्न छलफलहरू पनि भएका थिए ।

कवि गोष्ठीमा सहभागिता जनाउँनु भएर रचना श्रवण गर्नु हुनेहरूमा श्री केशब आचार्य, सगुन शर्मा, उषा अधिकारी, हरि प्रसाद खनाल, राजेश शर्मा, अरबिन्द खनाल, आशा अर्याल, शकुन्तला आचार्य हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा स्वादिष्ट भोजनको पनि प्रबन्ध मिलाइएको थियो ।

कार्यक्रम संचालक श्रीपदम बिश्वकर्माज्युले अनेसासको नजिकै आउन लागेको चुनाव सम्बन्धी पनि केही जानकारी दिनुभयो । वहाँले आयोजकप्रति कोलोराडो साहित्य संगम अनुगृहित भएको बताउँनु हुँदै कार्यक्रम समाप्त भएको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा तस्बिरहरू उपलब्ध गराउँने क्रममा केशब आचार्य र भूपेन्द्र महतले सहयोग गर्नु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *