घाऊ जति बल्झे पनि


घाऊ जति बल्झे पनि अधर हाँस्नु पर्छ
मनभित्रका पीडाहरू सबै माँस्नु पर्छ ।

दिर्घजीवी होईन जीवन क्षणभङुर छ है
मानवता संगालेर हामी बाँच्नु पर्छ ।

मान्छे न हौँ भुलचुक त्यसै भई दिन्छ
टुटेको त्यो नातालाई फेरि गाँस्नु पर्छ ।

अरुलाई दोष दिई आफू सद्दे बन्छौं
खास भुल कस्को हुन्छ? त्यो चैं जाँच्नु पर्छ ।

अजम्बरी जूनी छैन कसैको नि यहाँ
दुई दिनको जिन्दगीमा खोट नाँस्नु पर्छ ।

आचार्य प्रभा
रचना – अक्टुबर २९, २०१२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “घाऊ जति बल्झे पनि”

  1. गजल
    भुमरीमा परे पछी भन्छौ माया गर्छु//
    डाली बाट झरे पछी भन्छौ माया गर्छु//

    लाख बिन्ति खेर गए प्राण पनि परें,
    जोगी रुप धारे पछी भन्छौ माया गर्छु//

    कति धेरै माया गरें भनि साध्य छैन,
    मन्मा बिष भरे पछी भन्छौ माया गर्छु//

    बाच्न चाहें सधै तिम्रै छात्र छायाँ मुनि,
    आज आशा मरे पछी भन्छौ माया गर्छु//

    खुशी थियौ हिजो सम्म दू:ख थे’न कतै,
    हाँसो सबै टरे पछी भन्छौ माया गर्छु//

Leave a Reply

Your email address will not be published. Required fields are marked *