अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, जुलाई) तथा १९९ औं भानु जयन्ती

  • by


आचार्य प्रभा, कोलोराडो (अमेरिका)
जुलाई २८, २०१२

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले यही जुलाई २७ का दिन १९९ औं भानु जयन्ती बिभिन्न कार्यक्रमको साथमा सम्पन्न गर्‍यो ।

उक्त कार्यक्रमकी संचालिका सम्झना आचार्य हुनुहुन्थ्यो भने सभापतिको आसनमा कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्मा हुनुहुन्थ्यो । आसन ग्रहणकै क्रममा अनेसास भुपु अध्यक्ष, शैलेन्द्र साकार, मनु ब्राजाकी, नारायण श्रेष्ठ (अध्यक्ष, नेपाली घर) अजित कुमार शर्मा (उपाध्यक्ष नेपाल रेड्क्रस सोसाइटी), हरि उप्रेती (अध्यक्ष ग्लोबल भुटानिज), जिडेन राई (किराँत राई सोसाइटी)हुनुहुन्थ्यो ।

कार्यक्रमको समुद्घाटन बरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकीज्युले गर्नु भएको थियो । वहाँले भानुलाई श्रद्धान्जली शब्द पनि चढाउनु भएको थियो ।

राजु सिटौलाको स्वागत भाषणबाट शुरु गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तब्य गर्नुहुनेहरूमा नारायण श्रेष्ठ (नेपाली घर), अजित कुमार शर्मा, हरि उप्रेती, हुनुहुन्थ्यो । त्यसै गरी डा.बिजय राज शर्माले भानुको संक्षिप्त चिनारी प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रमको अवसरमा कोलोराडो च्याप्टरको बिधान सम्बन्धमा जानकारीका साथै वार्षिक प्रगति प्रतिवेदन राजु सिटौलाद्वारा प्रस्तुत गरिएको थियो भने कोलोराडो च्याप्टरकी अध्यक्ष सम्झना आचार्यबाट वार्षिक आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

अनेसास पूर्व अध्यक्ष ज्ञानेन्द्र गदालज्युको सम्मानमा मनु ब्राजाकीज्युबाट वहाँलाई खादा ओढाउने र प्रमाण पत्र शैलेन्द्र साकारज्युबाट बितरण कार्यको साथै ज्ञानेन्द्र गदालज्युबाट मन्तब्य प्रस्तुत भएको थियो ।

केही ब्यक्तित्व तथा श्रष्टाहरूले भानुको सम्झना गर्दै उनको केही परिचय सहित आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नु भएको थियो ।

अनेसास सम्बन्धी केही जिज्ञासाका प्रश्नहरू पनि श्रोता माझबाट उठिरहेका थिए भने ती प्रश्नका जवाफ पनि कोलोराडो च्याप्टरका अध्यक्षले साहित्यनुरागीहरूलाई दिईरहनु भएको थियो ।

कार्यक्रममा रचना बाचनभन्दा पनि भानुको सम्झनारुपी मन्तब्य र अनेसास सम्बन्धी छलफल अनि कोलोराडो च्याप्टरले बिगतमा गरेका आफ्ना कार्यहरू र यस्को सफलताबारे जानकारी दिईएको थियो ।

कार्यक्रमको मध्यम भागमा रचनाहरू पाठ गरिएको थियो । रचना पाठ गर्नु हुनेहरूमा मनु ब्राजाकी, ज्ञानेन्द्र गदाल, बुना दाहाल, हरि उप्रेती, गंगा उप्रेती, बिजय राज शर्मा, भिष्म प्रधान, आचार्य प्रभा, मीना पौडेल, हरि अधिकारी, बासुदेव खनाल, सम्झना आचार्य हुनुहुन्थ्यो ।

अध्यक्ष पदम विश्वकर्माको मन्तव्य तथा आगन्तुक महानुभावहरूप्रति आभार ब्यक्त सहित कार्यक्रमको समापन भएको थियो । कार्यक्रमको अन्त्यमा भोजनको पनि ब्यवस्था गरिएको थियो ।

उक्त कार्यक्रममा सहयोग गर्नु हुनेहरूमा कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माकी श्रीमती कमला विश्वकर्मा तथा सुपुत्र पवन विश्वकर्मा हुनुहुन्थ्यो । यसरी कोलोराडो च्यापटरले यसपटकको भानु जयन्ती हर्षोल्लासको साथ समापन गर्‍यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *