लक्ष्मीले बास गरुन्
निमुखाको पेट् भरुन्
दु:ख, दरिद्र सब हटी
रोग र कष्ट पार तरुन् ।
देउसी, भैली आई सब
आशिषरुपी ज्योति छरुन् ।
अन्धकार यो औंसी रातमा
लक्ष्मी सबको घरमा चरुन् ।
खुशीयालीको रंग भर्दै
असन्तोषको बासै हरुन् ।
आचार्य प्रभा
रचना – नोभेम्बर/ १३/ १२
