बालुवाटार बेचिएछ, कैले देशै बेचिन्छ होला
भित्रभित्रै ढाक्छोप गरी खबरमा नै टुंगिन्छ होला
हत्या, हिंशा दिनहुँ नै गाउँ शहरमा भइरहेछन्
कानूनलाई मिचेर, सबुत, प्रमाण छोपिन्छ होला
स्वंयम्भुका आँखाहरुले आँखा नचिम्ली हेरिरहेछन्
उस्तै परे त्यै मूर्तिलाई घृणाकै दृष्टिले हेरिन्छ होला
तेंत्तीसकोटी देवता बस्ने हाम्रै देश यो नेपालमा
मठ्मन्दिर देवता थानमा आफैले नै थुकिन्छ होला
सत्ययुगमा के के भए कलियुगमा यस्तै हुँदैछ
बाँच्दै गए अँझै भविष्यमा के’के अरु देखिन्छ होला
रचना – सन् ४/२८/२०१९

आहा बैनी कति मार्मिक प्रहार
आहा बैनी कति मार्मिक प्रहार ।