आचार्य प्रभा
जुलाई १, २०१२
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी यही जुन ३० का दिन कवि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको निवास स्थानमा सफलता पुर्वक सम्पन्न भयो ।
सधैं झैं बृहतरुपमा कविहरूको जमघट हुन नसके पनि न्युन रूपमा नै कवि तथा श्रोताहरूको सहभागिता भए पनि च्याप्टरले आफ्नो नियमित कवि गोष्ठीलाई निरन्तरता दिनलाई पनि सम्पन्न गरेको हो ।
कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माद्वारा संचालित उक्त कवि गोष्ठीमा कथाकार तथा बरिष्ठ गजलकार मनु ब्राजाकी तथा गीतकार ज्ञानेन्द्र गदालको पनि उपस्थिति रहेको थियो ।
आ-आफ्ना रचना बाचन गर्नेहरूमा मनु ब्राजाकी, ज्ञानेन्द्र गदाल, निर्मल प्याकुरेल, कपिल सुबेदी र आचार्य प्रभा हुनुहुन्थ्यो भने रचना श्रवण गर्नुहुनेहरूमा केशब आचार्य, रबि कार्की, देवी आचार्य, सुप्रिया सुबेदी र सुप्रिम सुबेदी हुनुहुन्थ्यो ।
कोलोराडो च्याप्टरका औसत कवि तथा श्रष्टाहरू नेपाल तथा अन्य स्टेटमा काम बिशेषले जानु भएकोले पनि यसपटकको कार्यक्रममा सबैको सहभागिता न्युन रह्यो तथापि कार्यक्रम छोटो, मीठोसँग नै समापन भएको थियो ।
कार्यक्रमको अन्त्यमा पदम बिश्वकर्मा ज्युले आयोजकद्वय कपिल सुबेदी तथा देवी आचार्यलाई स-धन्यबाद ज्ञापन गर्दै आगामी कार्यक्रमको सूचना सहित कार्यक्रमको अन्त्यको घोषणा गर्नु भएको थियो ।
