आचार्य प्रभा, कोलोराडो, अमेरिका
सेप्टेम्बर ३०, २०१२
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो च्याप्टरको आयोजनामा हरेका महिनामा जस्तै आयोजना हुदै आएका कवि गोष्ठी साहित्य संगम यस महिनामा समाज सेवी तथा अनेसासका आजीवन सदस्य श्याम श्रेष्ठ तथा श्रीमती शान्ति श्रेष्ठको आयोजनामा यही सेप्टेम्बर २९ गते शनिबारका दिन उहाँहरूको निवास अरौरा, कोलोराडोमा सम्पन्न भयो ।
च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा भएको उक्त कवि गोष्ठीमा कविहरू श्याम श्रेष्ठ, हरि अधिकारी, कपिल सुवेदी, खेम पौडेल, सुदर्शन नेपाल, ज्ञानेन्द्र गदाल, साबु गदाल, देवकी न्यौपाने, पदम विश्वकर्मा र बालकवि सरगम गदालले आ–आफ्नो रचनाहरू बाचन गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा स्रोताहरूको रुपमा शान्ति श्रेष्ठ, मनोज तुलाधर, रवि कार्की, साहरा कार्की, जिदेन राई, बीर खालिङ आदिले कविताहरू श्रवण गरी आनन्द लिनुभएको थियो ।
कार्यक्रमका आयोजक श्याम तथा श्रीमती शान्ति श्रेष्ठले मिष्ठान्न भोजनहरू तयार गरी सहभागीहरूलाई भोजन गराउनु भएको थियो ।
कार्यक्रमका सभापति पदम विश्वकर्माले आयोजक द्धय श्याम तथा श्रीमती शान्ति श्रेष्ठ र सहभागीहरूलाई धन्यवाद ज्ञापन गदैं कार्यक्रमको समापन गर्नु भएको थियो । वहाँले सबै सहभागीहरूलाई नोभेम्बर १०, २०१२ मा आयोजना हुने महाकवि देवकोटाको जन्मजयन्ती कार्यक्रममा सहभागी हुन पनि अनुरोध गर्नु भएको थियो ।

लोपोंमुख अथवा लोपोन्मुख भनेको के हो ?
लोपोंमुख अथवा लोपोन्मुख भनेको के हो ?