अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, अगस्त)

  • by


आचार्य प्रभा / डेन्भर, कोलोराडो
अगस्त २७, २०१२

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले संचालन गर्दै आइरहेको साहित्य संगम कवि गोष्ठीको अगस्त महिनाको कार्यक्रम तथा मोती जयन्ती यही २५ अगस्त शनिबारको दिन कोलोराडो च्याप्टरका महासचिव राजु सिटौलाको आतित्थ्यमा कोलोराडो स्कुल अफ माइन्स(गोल्डेन)मा सफलता पुर्वक सम्पन्न गरियो ।

कार्यक्रमको संचालन कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वाकर्माले गर्नु भएको थियो ।

उक्त कार्यक्रमममा बरिष्ठ कथाकार तथा साहित्यकार मनु ब्राजाकीज्यु तथा रक्किमाउन्टैनका अध्य्क्ष श्रीसुरेन्द्र श्रेष्ठको पनि उपस्थिति थियो ।

कार्यक्रमको शुरुवात सुरेन्द्र श्रेष्ठ ज्युको मन्तब्यबाट भएको थियो । पदम विश्वकर्माज्युले युवा कवि मोतीराम भट्टको छोटो जीवनी र उनको नेपाली साहित्यप्रतिको योगदान बारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा सबै सर्जकहरूले आ-आफ्ना रचना पाठ गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नयाँ युवा बर्गहरूको जमघट थियो । आ-आफ्ना रचना पाठ गर्नुहुनेहरूमा गजलकार मनु ब्राजाकी, आचार्य प्रभा, बासुदेव खनाल, कपिल सुबेदी, केशब आचार्य, समुन्नत लामिछाने, राजु सिटौला, दिप्ती आचार्य हुनुहुन्थ्यो । कार्यक्रम छोटो मीठो र रमाइलो साथ सम्पन्न भएको थियो ।

साहित्यनुरागीहरू तथा रचना श्रवण गर्नुहुनेहरूमा रुबी श्रेष्ठ, तारा प्रशाद पाण्डे, योगेश कोईराला, सुनिल गिरी, रबिन्द्र शर्मा, राम न्यौपाने, आकाश अधिकारी हुनुहुन्थ्यो ।

अन्त्यमा अध्यक्ष पदम विश्वाकर्मा ज्युले सबै उपस्थित महानुभावहरूप्रति आभार ब्यक्त गर्दै कार्यक्रमको बिसर्जन गर्नु भएको थियो । तस्बिर लिईदिएर रुबी श्रेष्ठले सहयोग गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा जलपानको आयोजना पनि गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *