Skip to content

नेपाल साप्ताहिक

के के हुन्छ के के !

  • by

अनायास मेरा निर्दोष नजरहरू
उनका वक्षस्थलमा ठोकिन्छन्
भित्र लगाउने पहिरन बाहिर र
बाहिर लगाउने पहिरन भित्र सजाएको देख्दा
कताकता असहज अनुभूति हुन्छ
फलत: मेरा नजर अन्तै मोडिन्छन्
शिर अलिक निहुरिन्छ
अनि, वस्तुस्थिति बोध गर्ने जमर्को गर्छु
यसैबीच एक्कासि मौसम बदलिएझैँ
मेरो अन्तरआत्माले अर्को निर्देश गर्छ
पहिरन लगाउनेलाई असहज छैन भने
तिम्रा दृष्टिलाई किन असहज भएको
बरु तिम्रो नजर अन्तै घुमाऊ
तिम्रा भावनालाई थामथुम पार
समयले ल्याएको परिवर्तनलाई
सहज ढंगले स्वीकार्न सिक
सललल पानीझैँ बग्न देऊ
यो परिवर्तित युगमा यस्तै हुन्छ
अझ हेर्दै जाऊ आउँदा दिनमा
के के हुन्छ के के !
आऊ एकछिन

मेरो सपनाको देश

एक विकसित देश
जहाँ
गाँस, बास, कपासको कमी छैन
सबैका भरिपूर्ण पेट
सबैका आङमा वस्त्र
जीवन सन्तुष्ट देखिन्छ ।

जहाँ
गरिब शब्दसम्मले पनि
शब्दकोशमा स्थान पाउँदैन
कुनै शासक र शासित हुँदैनन्
स्वतन्त्र अनुशासित मान्छेहरू
खुला मनले मुस्कुराउँछन्
सबै सम्पन्न अनि आत्मनिर्भर
प्रत्येक मस्तिष्क
शिक्षाले भरिभराउ
स्वस्थ नागरिकको सर्वेसर्वा हुन्छ
हिउँको साम्राज्य होस् या
भीमकाय चट्टानको जगजगी
अवरोधहरू तोडेर
सवारीसाधन चल्छन्
दियालो अनि टुकीको धिपधिपे ज्योति
बिदा हुन्छ र उज्यालो प्रवेश गर्छ
अब खुसीयालीले स्वागत गर्छ ।

जहाँ
विविध सुन्दरताले सजिसजाउ
प्रकृतिको सही सदुपयोग हुन्छ

डेटिङ् याचना

  • by

किन मिल्काएका कलम यसरी ?
संविधान लेख्नु पर्दैन ?
कि मसी छैन र त्यसमा ?
मसँग दुवै छन् : कलम, मसी
तिमीलाई चाहिन्छ र ?

हिजो भनेको हुँ नि
संविधान लेख्न तिमीलाई
कलम दिन्छु, भावना दिन्छु
माटोको वासना दिन्छु भनी
खै मागेनौ त ?
कि कुर्सीको तानामा
बिर्सियौ आफ्नो जिम्मेवारी ?

कति अलमलले घेरिएका ?
कति कन्फ्युजनमा बेरिएका ?
संविधान लेखन
जागिर हो कि कर्तव्य ?
संविधानका अक्षर
किचलो हो कि मर्म ?
छलफल गर्नु छ तिमीसँग
पोखिनु छ निर्घातले ।

छलफल गर्न
किन १४ गते ताक्ने ?
किन १५ को साइत बार्ने ?
आजै बसूँ र छलफल गरौँ
राति १२/१२ बजे होइन
दिउँसै कुरा थालौँ

मेरा हातहरू

  • by

यी मेरा हातहरू
कुनै कालिगढले बनाएका
धारिला हतियारहरू होइनन्
कि म यिनै हातहरूको मद्दतले
कुनै निर्दोषको घाँटी छिनाइदिउँ !

यी हातहरू
कुनै कम्पनीले बनाएका
बन्दुकहरू पनि होइनन्
कसैको विशाल छातीमा
म आँखा चिम्लेर पड्काउँ !

म मेरा हातहरूले
कसैको सिउँदो उजाड्न चाहन्नँ
कसैलाई टुहुरा-टुहुरी बनाउन चाहन्नँ ।

यिनै हातहरूले बालेको
टायरको मुस्लोभित्र
म आफैँ हराउन चाहन्नँ
ढुंगाको गोलीबाट
फुटेको सिसाझैँ
म आफ्नो भाग्य
फुटेको हेर्न सक्दिनँ ।

मैले त यो धर्तीमा, यो माटोमा
मेरी आमाको मिहिनेत रोपेर
बाबाको सपना फुलाउनु छ
मेरा यिनै हातहरूले ।

मेरा यिनै हातहरूमा

सुवासित वनफूल

  • by

लामो समयदेखि साहित्यिक पत्रकारतिामा लागेको नाम हो, हर िशर्मा। साहित्यिक क्षेत्रमा लाग्नेहरूका लागि शर्माद्वारा सम्पादित नवकविता (२०४२)ले धेरैलाई कवि बनायो र धेरैलाई कविका रूपमा स्थापित गरायो।

बहुचर्चित लेखहरूको संग्रह

  • by

देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा।

छोटा तर रोचक

  • by

सामान्य विषयवस्तुमाथि मर्मस्पर्शी प्रस्तुति दिने सर्जक हुन्, कृष्ण धराबासी। सानो कुरालाई उनी जीवन्त बनाउन सक्छन्।

उत्तम नेपालीसँग एक दिन

  • by

रफ्ता-रफ्ता वो मेरी हस्तीका सामां हो गए
पहेले जां फिर जानेजां, फिर जानेजाना हो गए।

मेहदी हसनले गाएको यो गजल कोठामा बजिरहेको थियो, हामी ध्यानमग्न भएर सुनिरहेका थियौँ।

म असार र अनुभूति

  • by

झमझम असारे झरीमा रुझरिहेको साँझ, सिरसिरे बताससँगै अतीतमा कोरिएका केही रोचक पाना मेराअघिल्तिर पल्टिन खोजिरहेका छन्।

बिर्सेको कुरा

  • by

म बिहानै उहाँको घरमा पुगेँ। तर, उहाँ कतै निस्किसक्नु भएको रहेछ। सार्वजनिक बिदाको दिन थियो। दिउँसो कुनै समय आउनु पर्ला भन्ठान्दै फर्किएँ।

इलामको अर्जी

  • by

नौलो भेट भयो नयाँ नजरमा सौभाग्यले कामना
अर्जी सादर यो इलाम भूमिको यो देशको नाममा ।।
स्वागत् शिष्ट सधैँ नयांँ अतिथिको श्रद्धा र सद्भावना ।
गर्नू शिष्ट स्वभावले र हँसिलो मुहारले वन्दना ।।