Skip to content


हरेक सन्तानलाई आफ्ना बाबुआमा महान् लाग्छन्। आफ्ना बाबुआमाप्रित छुट्टै आस्था हुन्छ, छोराछोरीमा। नेपाली समाजमा त अझ बाँचुन्जेल मात्रै होइन, बाबुआमाको देहावसानपछि पनि पितृका रूपमा पुज्ने चलन छ। तर, यो दायित्व परम्परागत समाजमा छोरीलाई भन्दा छोरालाई बढी छ। समाजको यो विरोधाभासलाई चिर्दै वृद्धावस्थामा पनि सामाजिक अभियानमा सरकि आफ्ना बाबुआमाको कीर्तिलाई फैलाउने नौलो प्रयास थालेकी छन्, सन्ध्या रेग्मीले। उनले लेखेका र सम्पादन गरेका यी दुई कृति आमाका अविस्मरणीय अतीतहरू र म र बचेरालाई आहार त्यसैका उदाहरण मान्न सकिन्छ।

लामो समयदेखि सामाजिक अभियानमा सरकि विमला रेग्मी पुराना कम्युनिस्ट नेता कमलराज रेग्मीकी श्रीमती हुन्। उनै विमलाको जीवनसंघर्षमा आधारित पुस्तक हो, आमाका अविस्मरणीय अतीतहरू र म । राजनीति र अझ खास गरी नारीवादी आन्दोलनमा लागेका महिलाका निम्ति पढ्नैपर्ने पुस्तक हो यो। राजनीतिमा लागेर चन्दा, लेबी, सहयोग आदिले कार्यकर्ता र नेता पाल्ने त्यस परम्पराको नेतापत्नी भएर पनि विमलाले उहिलेदेखि गरेको विरोध अविस्मरणीय छ।

मध्यमवर्गीय महिला जीवनको सचित्र वर्णन नै मान्न सकिन्छ, सन्ध्याले आफ्नी आमाका बारेमा लेखेको यस कृतिलाई। खासगरी पहाडी भेगका मध्यमवर्गीय परविारको बुहारीको भूमिकामा रहेका महिलाको सत्यकथा यस कृतिले छर्लंग उतारेको छ।

आफ्ना श्रीमान् राजनीतिक कारणले बन्दी बनेपछि समाजबाट मात्र नभएर परविारबाट समेत तिरस्कृत बनेकी विमलाले ज्यामी काम गरनि् र अर्काको घरधन्दामा सहयोगी बनेर सन्तानको जीविकाका साथसाथै दिनहुँ आधापेट मकैले छाक टारनि्। त्यति मात्र होइन, भोकै बसिन् तर चन्दा उठाउने र माइतीको शरणमा पुग्ने कुराको सधैँ विरोध गरिरहिन् र व्यवहारमा उतारेरै त्यो कुरा देखाइन्।

घटनालाई सार्वजनीन रूपमा प्रस्तुत गर्न सक्नु नै यस कृतिको महत्त्वपूर्ण पाटो हो। सन्ध्याको सफलता पनि यसैमा निहित छ। पुस्तक पढ्ने जोकोहीले आफ्नैबारेमा लेखिएको र आफ्नै निकटस्थहरूका घटनाजसरी यस पुस्तकका सन्दर्भ र घटनालाई लिन सक्छन्। अर्थात्, आफ्नै अनुभूति र गाउँठाउँको सेरोफेरोमा पाठकलाई डोर्‍याउन सक्ने महत्ता यस पुस्तकको अर्को उल्लेख्य पक्ष हो।

त्यसैगरी, मूर्धन्य राजनीतिज्ञ कमलराज रेग्मीले आफ्नी छोरीलाई लेखेका चिट्ठी र डायरी टिपोटको अभिलेख हो, बचेरालाई आहार। यसको सम्पादन पनि सन्ध्या रेग्मीले नै गरेकी छन्। विदेशमा रहेकी छोरी सन्ध्यालाई आत्मानुशासनको पाठ पढाउँदै ०४५ देखि ०५२ सालसम्म ६ वर्ष ७ महिनाको अवधिमा लेखिएका २६ थान चिट्ठी र डायरी टिपोटका छानिएका सन्दर्भलाई बचेरालाई आहारमा समावेश गरएिको छ।

चिट्ठीपत्र र डायरीजस्ता नितान्त व्यक्तिगत परविेशका लेखन पनि तत्कालीन राजनीतिक, साहित्यिक, शैक्षिक, सामाजिक र ऐतिहासिक परविेशमा जोडेर लेखिएकाले सान्दर्भिक बनेका छन्। तत्कालीन समय सन्दर्भको ऐतिहासिक विकासक्रम चिट्ठीपत्रका माध्यमले व्यक्त गर्न सक्नु रेग्मीको सफलता हो।

नेपाली कांग्रेस र संयुक्त जनमोर्चा फुटेकामा चिन्ता व्यक्त गरेका रेग्मीले मदन भण्डारीको अवसानपछि नेकपा एमाले नेतृत्वविहीन बनेकामा पनि गहिरो दुःख व्यक्त गरेका छन्। त्यति मात्र होइन, धेरै आरोह-अवरोहको साक्षी बनेका रेग्मीले राजनीतिका अनेकन गुह्य कुराको पनि पर्दाफास गरेका छन्।

कम्युनिस्ट हुँदै पञ्चायतसम्मको राजनीतिक यात्रा तय गरेका कमलराज रेग्मीले आफ्नो ३२ वर्ष लामो पूर्णकालिक राजनीतिबाट संन्यास लिएपछि त्यो आस्था र कर्मलाई भ्रमको संज्ञा दिनुचाहिँ धेरैका लागि आश्चर्यलाग्दो पक्ष छ। यस पुस्तकमा व्यक्त यस्ता आश्चर्य र सनसनीपूर्ण घटना धेरैका लागि रोचक पनि छन्।

जीवनको लामो समय प्रवासमा बिताएकी आफ्नी कान्छी छोरी सन्ध्यालाई केन्द्रमा राखेर लेखिएका कमलराज रेग्मीका यी चिट्ठी हरेक आमाबुबाका लागि शिक्षाप्रद त छन् नै, नयाँ पुस्ताका लागि देश र समाजप्रित कर्तव्यनिष्ठ हुन प्रेरित गर्ने गहन सामग्री पनि बनेका छन्। आत्मानुशासनको गरमिा र महत्ताले सुसज्जित रेग्मीका चिट्ठी र डायरीको यो सँगालो सबै उमेर-समूहका व्यक्तिका लागि उत्तिकै महत्त्वपूर्ण छ।

ईश्वरी ज्ञवाली

नेपाल साप्ताहिक ४६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *