नेपाल साप्ताहिक
जवाहरलाल नेपालप्रति नरम थिएनन्
२००७ सालको सेरोफेरोमा लेखिएका दर्जनौ“ पुस्तक, लेख र संस्मरणहरूभन्दा भिन्न छ मातृकाप्रसाद कोइरालाको आत्मकथा । किनभने, यो सुनिजान्ने र देखिजान्ने साक्षीको बकपत्रजस्तो मात्र नभई भोगिजान्ने पात्रकै कलम र निजी सङ्कलनका लिखतमा आधारति ग्रन्थ रहेछ । भनौ“, यहा“ छापिएका कुराहरूको आधिकारकिताबारे पाठक ढुक्क हुन पाउने रहेछन् । मातृकाप्रसादको निधन भएको ११ वर्षछि उहा“को यो जीवनी कुन पृष्ठभूमि र सर्न्दर्भमा जनसमक्ष ल्याउन सम्भव भएको हो, त्यसको जानकारी प्राक्कथनमा वरष्िठ अधिवक्ता गणेशराज शर्माले सविस्तार दिनुभएको छ ।
हाम्रो भाषा र हाम्रा पुस्तक
आफ्नो ६३ वर्षो जीवनमा मूलतः म मेरो मातृभाषाभाषीबीच बाँचेँ, बोलेँ, सुनेँ, सिकेँ, लेखेँ । मैले ४५ वर्षघि थालेको साहित्य सिर्जनाको मूल माध्यम पनि नेपाली नै हो । दुई वर्षेखि म पिँजडाको सुगाजस्तो कोठा, अध्ययन र लेखन-केन्द्रित भएपछि वार्तालापमा मात्र होइन, किताब, छापा, टीभी र एफएमहरूमा नेपाली भाषामा प्रचलित सामयिक शब्द, भाव, शैली र उच्चारणहरूको गतिशीलतासँग पुनः परचिय गर्दैछु ।
दार्जीलिङको दौरा-सुरुवाल
तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने दार्जीलिङमा कहा” के छ भनेर कसैले सोध्यो भने खै त्यो त थाहा छैन भनेर भाग्नुपर्ने अवस्थाको मान्छे भा’को छु म ।
फतिमाको अनिंदो रात
सा”झको ९ बज्दै थियो । फतिमा आदम सबै छोराछोरीहरूलाई खाना खुवाइवरी फटाफट घरधन्दा सक्न व्यस्त थिइन् । आज उनलाई निकै ठूलो काम गर्नु छ, उनको कामको गति हर्ेदा यस्तो लाग्थ्यो । उनी हरेक बिहीबार यस्तै हतारो गर्छिन् । काम नै कामको बोझले उनलाई कतिखेर दिन कट्छ, पत्तै हु”दैन । हरेक बिहीबार उनको मन २५ वर्षो तरुनीको जस्तै चञ्चल हुन्छ । ९ बजेभित्रै भान्साको सबै काम सकेर छोराछोरीहरूलाई सुत्न पठाइहाल्थिन् ।
अतिथि देवो भवः
हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो ।
बाटो उकालो थियो । घाम विस्तारै गर्दै बेस्सरी तात्न थालेको थियो । उकालो बाटोमा हामीलाई छोप्न सीधै आइपुग्यो घामको प्रकाश । तर्तरी पसिना र्झन थालेपछि कुलपाते भन्ने ठाउ“को चौतारोमा पसिना ओभाउन्जेल बस्यौ“ । चौतारोको पीपलका पातहरूले कत्ति धेरै मायाले हम्केर हाम्रा पसिना सुकाइदिए । हामी फेर िउठेर हि“ड्न थाल्यौ“ ।
